बुढानिलकण्ठ नगरपालिका क्षेत्रभित्र घर नक्शा अनुमति दस्तुर (सुची सहित )
कपन अनलाइन
काठमाडौं ,कार्तिक १९।
बुढानिलकण्ठ नगरपालिका क्षेत्रभित्र घर नक्शा अनुमति दस्तुर तोकिएको छ। आर्थिक वर्ष २०७७/७८ का लागि नगरपालिकाले प्रस्तुत गरेको वार्षिक नगर विकास योजनामा निम्न दस्तुर तोकिएको छ :
१.नक्शा दरखास्त फारम :१ हजार
२.नक्शा पास प्रति वर्ग फिट
आवासीय (पिल्लर सिस्टम )-रु १२
वाल सिस्टम -रु.१०
३.व्यवसायिक -रु १५
४.संयक्त आवास -रु.२०
५. प्राविधिक छेक जांच (आवासीय भवन )- २ हजार
व्यवसायिक भवन -रु ५ हजार
६.संयुक्त आवास (एक रोपनी सम्म ) -२० हजार
एक रोपनी भन्दा माथि प्रति रोपनी -२० हजार
७.नक्शा संसोधन –
प्रति वर्ष फिट – रु १३
न्युनतम -३ हजार
८.निर्माण सम्पन्न
क) आवासीय -३ हजार (प्रति घर )
ख ) व्यवसायिक भवन -५ हजार (प्रति घर )
ग) संयुक्त आवास -१० हजार ( एक रोपनी सम्म )
एक रोपनी भन्दा बढी प्रति रोपनी – १० हजार
९.प्रतिलिपि नक्शा /प्रमाण पत्र -२ हजार
१०. संयुक्त आवास निवेदन -१० हजार (प्रति रोपनी )
११.संयुक्त आवास नक्शा पास दस्तुर – रु १५ प्रति वर्ग फिट
त्यस्तै नगरपालिकाले तिन पुस्ते भित्र नक्शा नामसारी गर्दा रु २ हजार शुल्क लाग्ने जनाएको छ भने श्रीमान श्रीमतीको नाममा जग्गा भै घर बनाउँदा एक पटकलाई नक्शा पास दस्तुरमा ५० प्रतिसत छुट दिने निर्णय गरेको छ।