हाल सम्म काठमाडौं महानगरपालिका वडा नं ६मा १० जना कोरोना संक्रमितको मृत्यु

हाल सम्म काठमाडौं महानगरपालिका वडा नं ६मा १० जना कोरोना संक्रमितको मृत्यु

कपन अनलाइन

काठमाडौं, कार्तिक १९ ।काठमाडौं महानगरपालिका वडा नं ६ ले कार्तिक  १८ गते सम्मको कोरोना अपडेट  सार्वजनिक गरेको छ । जस अन्तर्गत कार्तिक १८गते थप १२ जनामा कोरोना संक्रमण भेटिएको वडा  सदस्य जयराम पुडासैनीले जानकारी गराए । हाल सम्म काठमाडौं महानगरपालिका वडा नं ६ मा ३९० जना महिला र ४३९ जना पुरुष गरि कुल ८२१ जना संक्रमित भेटिएको जनाइएको छ। हाल सम्म २४३ जना होम आइसोलेसनमा,१४ जना अस्पतालकोआइसोलेसन रहेको र ५६२ जनाले कोरोना जितेको पनि जानकारी गराए । हाल सम्म काठमाडौं महानगरपालिका वडा नं ६मा १०जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको जानकारी गराएका छन ।

 

तपाइँको प्रतिक्रिया ।