टोखा नगरपालिकामा थप ६९ जना संक्रमण पुष्टि

कपन अनलाइन

काठमाडौं ,कार्तिक १९/ नविना श्रेष्ठ

टोखा नगरपालिकामा पछिल्लाे २४ घण्टा को वडा गत विवरण अनुसार संक्रमित सख्या ६९ जना पुगेको छ। हाल सम्म कोरोना भाइरस संक्रमित जम्मा सख्या २४७५ जना रहेका छन्। टोखा नगरपालिकाका वडा गत विवरण अनुसार संक्रमित महिला सख्या ३२ जना रहेको र पुरुष सख्या ३७ जना रहेका छन्। होम आइसोलेसनमा ६३ जना रहेको र अस्पतालमा ५ जना रहेका छन्।

टोखा नगरपालिका वडा गत विवरण अनुसार हाल सम्मको सकृय संक्रमित सख्या वडा नं २मा ४जना वडा नं ३ मा ७जना वडा नं ४ मा ८जना वडा नं ५ मा ५जना वडा नं ६ मा ६जना वडा नं ७ मा ९ जना वडा नं ८ मा ३ जना वडा नं ९ मा ९ जना वडा नं १० मा ८ जना वडा नं ११ मा ११ जना रहेका छन् भने १ जना सम्पर्क विहिन भएका छन्। नगरपालिकाको विवरण अनुसार कोरोना भाइरस संक्रमित भएका मानिसहरू संक्रमण बाट निको हुनेको संख्या २००८ जना पुगिसकेका छन्।

टोखा नगरपालिका भरीमा हाल सम्म सकृय संक्रमित मध्ये होम आइसोलेसनमा बस्नेको सख्या ४३० जना रहेका छन्। जसमध्ये अस्पतालमा २० रहेको टोखा नगरपालिका उपप्रमुख ज्ञान माया डंगोलले जानकारी दिएकी छिन्। CICT Team ले ६९ जनाको Case Investigation गरेको छ। टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्र नगर आइसोलेसनमा अहिले सम्म को संक्रमित सख्या २ जना मात्र रहेको टोखा नगरपालिका उपप्रमुख डंगोलले बताएकी छन ।

(नविना श्रेष्ठ सुशासन र समृद्धिका लागि संचार अभियानकी प्रशिक्षार्थी पत्रकार हुन् )

तपाइँको प्रतिक्रिया ।