जंगली बँदेल मारेको अभियोगमा चन्द्रागिरीबाट ५ जना पक्राउ
कपन अनलाइन
काठमाडौं ,कार्तिक १८।
जंगली बँदेल मारेको अभियोगमा ५ जना पक्राउ परेका छन् । चन्द्रागिरी नगरपालिका–४ सेतेपहराबाट जंगली बँदेल मारेको अभियोगमा ५ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा मकवानपुर थाहा नगरपालिका–९ चितलाङका रामदास देउला, सरोज देउला, भिमदास पोडे तथा रामचरण पोडे र राजेश देउला रहेका छन् ।
चन्द्रागिरी नगरपालिका–४ सेतेपहरा थानकोटस्थित जंगलमा जंगली बँदेल मारी ओसारपासर गरिरहेको समयमा पुगेको प्रहरीले मृत अवस्थामा रहेको जंगली बँदेल बोकी लैजान लागेको अवस्थामा फेला पारी उनीहरुलाई पक्राउ गरेको जनाएको छ । उनीहरुलाई आवश्यक कारबाहीको लागि जिल्ला वन कार्यालय हात्तिसार काठमाडौं पठाएको उक्त वृत्तले जनाएको छ ।
तपाइँको प्रतिक्रिया ।