आईसीएफसी फाइनान्स र खल्तीबीच डिजिटल भुक्तानीका लागि सहकार्य 

कपन अनलाइन

काठमाडौं ,कार्तिक १७ ।

आईसीएफसी फाइनान्स लिमिटेडले ईन्टरनेट र मोबाइल बैंकिग सेवा प्रयाेग गर्ने आफ्ना ग्राहकहरुलाई डिजिटल भुक्तानी सेवा प्रदान गर्न खल्ती डिजिटल वालेटसँग सम्झौता गरेको छ। आईसीएफसी फाइनान्सका मानव संसाधन तथा सामान्य सेवा विभाग प्रमुख संजय थपलिया र खल्तीका निर्देशक अमित अग्रवालले यस सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन ।

खल्तीसँगकाे सम्झाैतापछि आईसीएफसी फाइनान्सका ग्राहकहरूले फाइनान्सको खाता डाइरेक्न खल्तीसँग  लिन्क सकिन्छ । खातामा रहेकाे रकमबाट खल्तीको प्लेटफर्ममा रहेका सबै प्रकारका डिजिटल भुक्तानी सेवा उपयाेग गर्न सक्नेछन् ।

सम्झौता अनुसार आईसीएफसी फाइनान्सले खल्ती डिजिटल वालेटलाई भर्चुअल मेसिन अपरेटिंग प्रणाली प्रदान गर्नेछ । यसको माध्यमबाट ग्राहकहरूले अनलाइन र अफलाइनबाट खल्तीमा रकम लोड गर्न सक्नेछन्। आईसीएफसी फाइनान्सका ग्राहकले  बैंक वाइन्डिंग,ई-बैंकिंग, मोबाइल बैंकिंग, बैंक स्मार्ट, बैंकिंग चेकआउट जस्ता विभिन्न माध्यमहरूमार्फत खल्तीमा रकम लोड गर्न सक्नेछन् ।

खल्ती कसरी डाउनलाेड गर्ने ?

खल्तीको मोबाइल एप एन्ड्राेइड प्लेटफर्ममा प्ले स्टाेर, एप्लका डिभाइसहरूमा एप स्टाेर र https://khalti.com/app बाट डाउनलोड गर्न सकिन्छ ।

तपाइँको प्रतिक्रिया ।