मोलुंग प्रहरी द्वारा ३७ लिटर घरेलु मदिरा नस्ट
कपन अनलाइन
ओखलढुंगा ,कार्तिक १४।
ओखलढुंगा जिल्ला मोलुङ गाउँपालिका वडा नम्वर २ रामपुरमा प्रहरीले घरेलु मदिरा नस्ट गरेको छ। इलाका प्रहरी कार्यालय रामपुरले चाडबाडको समयमा अबैध घरेलु मदिरा सेवनको कारण हुने अपराधीक गतिविधी नियन्त्रणको लागि ईलाका प्रहरी कार्यालय प्रमुख निरीक्षक श्रीप्रसाद राईको नेतृत्वमा गएको प्रहरी टोलिले जफत गरेको ३७ लिटर अवैध घरेलु मदिरा नस्ट गरेको हो।
मोलुङ गाउँपालिका वडा नम्वर २ का अध्यक्ष टंक बहादुर कार्की ,वडा सचिव दिप कुमार घिमिरे लगायतको उपस्थितीमा सो मदिरा नष्ट गरिएको छ ।
तपाइँको प्रतिक्रिया ।