मुखियाको छोरो (लघुकथा)

मुखियाको छोरो (लघुकथा)

कपन अनलाइन 

काठमाडौँ, कार्तिक १४/ अमर तिवारी 

मास्टर डिग्री गरियो, गाउँकै मुखिया को छोरो, र सानले गाउँमै बुलेट बाइक चडेर हिड्ने भएकोले सानोतिनो काम के गर्ने, भनेर काठमाडौं काम को खोजी मा हिडियो । २/४ दिन गर्दै लोकसेवा आयोग, प्रहरी प्रशासन, नेपाल सैनिक सबै ठाउमा प्रयास गरियो कतै सफल हुन सकिएन, र अन्त्यमा प्राइभेट तिर पनि जोड लगाइयो, गाउँकै मुखियाको छोरो पो हुँ भन्ने सधैं रहृयो, जे पायो त्यही गर्ने कुराे पनि भएन, त्यो हाम्रै हालिको छोरो मेरै उमेरको आहिले बैंकको शाखा प्रमुख छ, म त उसको मालिकको छोरो पो, सबै तिर बाट पहुच लगाइयो, आफ्ना, नाता गोता, इष्टमित्र जे जति छन सबैले प्रयास गरे कर्मै त्यस्तो हो कि के हो, वर्षौं भयो एउटा जाबो जागीर पाइएन, काठमाडौंमा ।
मन परवर्तन भयो, अब विदेश जाने सोच आयो, अमेरिकामा सानिमाको छोरो छ, त्यसैलाई भन्नु पर्यो, अनलाईनमा कुराे भयो तर गारो गरी साथ दिन्छु त भन्यो साथै नआउँदै राम्रो भन्ने जानकारी पनि गरायो। अमेरिका जाने भूत, मेरै जोड तोड ले उसले उताबाट चाचो पाजाे मिलायो, यता उति गरी २/४ लाख भन्दा बढी नै खर्च भयो तर अमेरिकन एंवबेसी ले प्रस्थान अनुमति (भिसा) दिएनन्, पटक पटक प्रयास पछि पनि अमेरिका जाने सपना पूरा भएन । २ बर्ष भन्दा बढी भयो काठमाडौं मा गाउँकै मुखियाको छोरो हल्लेको, खर्च अतिनै भयो, अब मुखियनै भएपनि ऋण लागेको खबर आयो घरबाट, झन तनाव भयो ।
अमेरिका भएन अब अष्ट्रेलिया, नभए यूरोप भए पनि जाने सोच आयो, आफन्त सबैलाई हार गुहार गरियो, सबै तिर प्रयास गर्यो, काठमाडौंको खर्च हैट के भन्ने र?? पानीको बोतल को २० रुपैयाँ, घरभाडा, दैनिक खर्च, खाना खर्च यता विदेशी जान लाग्ने काजाजत मिलाउने खर्च, सबै जोड्दा मासिक २ लाख भन्दा बढी खर्च आउन थाल्यो । त्यसमा पनि बेलुका यसो १/२ पेग त लगाउनै पर्यो, जे भए पनि गाउँकै मुखियाको छोरो पो हु त, डिग्री पनि गरेको छु, कमाई नभए र के भो र सर सापटी गरेर भएपनि यो खर्च गर्नै पर्यो, २/४ जना गाउँले नभए यतैका रैथाने अझै नभए घरबेटीको छोरो संग भए पनि यसो गिलास त ठोकाउनु पर्यो नी।
दिन बित्दै गयो ४ बर्ष भएछ काठमाडौंको गल्ली भौतारिएको, उमेर पनि २६ वर्षको भइएछ, उता बा आमाले बिहेको कुरो गर्छन, यता आफ्नो बेहाल छ । तैपनि हरेस नखाई दैनिक कामको खोजी जारी राखियो, विदेश जाने प्रक्रिया पनि जारी नै राखियो । मुखिया भए पनि कमाई नभए पछि उता गाउँमा पनि ऋण बढ्दै गयो । अचानक खबर आयो बालाई सदरमुकामको अस्पतालमा भर्ना गरेको छ रे, के भयो राम्रो खबर आएन ।
सबै प्रक्रिया छोडेर त्यही गाउँकै पुरानो बुलेट लिएर सदरमुकाम गए । बुवा त बेहोस हुनुभएको २/३ दिन भएछ, डाक्टरलाई सोध्दा फोक्सोमा पानी जमेको ले अलि गरो भएको खबर पाए । नजिकै बसे, बुवालाई हेरे आँखा रसाए, ५ बर्ष भयो म कमाउन काठमाडौं गएको तर ५० लाख भन्दा बढी नै ऋण कामाएछु । म मुखियबाको एउटै छोरो, ५ बर्ष भएछ गाउँ नफर्केको, ५ बर्ष पछि बा आमालाई भेटेको, धेरै बुढा बुढी हुनुभएछ जस्तो लाग्यो, गाउँ पनि कस्तो बिरानो, उराठ लाग्दो । समय कति छिटो बित्यो पत्तै भएन । लौन अब पनि केही नगर्ने, भित्री मनले नराम्रोसँग दियो । कस्तो पीडा सबै छ तर केही नभएको जस्तो ।
विचरा मेरो बा मैले जे भने त्यही किनिदिनु हुन्थ्यो । यो बुलेट किन्ने बेलामा पनि बल्ल तल्ल किनिदिनु भएको थियो, बाको बिहेको औंठी मासेको भन्ने जस्तो लाग्थ्यो । त्यतिबेला हजुरबा लाई उपचार क्रममा धेरै खर्च भएको अलि अली याद छ मालाई, बारी को पाटो र १० मुरी व्यु लाग्ने धानको खेत बेच्नु भएको थियो, हजुरबाको उपचारमा, दिल्ली, र नेपालका अस्पताल सबै ठाउँमा उपचार गरेको, हजुरबालाई। समयले साथ दिएन हजुरबा अब सम्झनामा मात्र हुनुभयो।
यो पुरानो कुराे हो आहिले फेरी बा बिरामी हुनु भयो। आमा पनि करिब ६७ वर्षको हुनु भयो, शारीरिक अवस्था गारोनै थियो, तैपनि बाको स्याहार गर्नु हुन्छ । बिचरा मेरा बा आमा, म प्रति भरोसा, गाउँको सबै बन्धकी छ रे, मेरोलागि यत्रो दुःख हैट । म भने जाबो एउटा जागीर खाना नसक्ने । म कमाउन गएको काठमाडौं, तर ५ वर्षमा यो हविगत भएको पत्तो नै लागेन । घर बारी सबै सकिएछ, हुँदा हुँदा बा आमा को पनि खै के भर, हे ईश्वर ।
हे ईश्वर, समाधान गरिदेऊ, यो दुःख बाट पार लगाऊ, मेरो बा लाई ठीक गरिदियौं, नजिकैको शिवजीलाई १ माना दूध र बेलपत्र स्तुति गरे, के नै गर्न सक्छु त्यो भन्दा । दिन बित्दै गयो १३ औं दिनमा मा बालाई ठीक भयो । बालाई सदरमुकाम बाट घर लगियो हामी सबै खुसी नै थियौं । तर के कसरी टार्ने, ऋण के कसरी तिर्ने, मेरो कमाई छैन, गाउँमा मुखिया भएपनि सबै ऋणमा चलेको थियो । लागियो मन शान्त गर्ने तल्लो गाउँमा ।जति पियपनी बिर्खेको भट्टीको रक्सीले पनि छोएन । हे प्रभु ।। बिर्खे झगडा गर्न थाल्यो । के उधारो हुने हो, त्यही ३ दिनको पैसो बाँकी त हो नी । म जुरुक्क उठे, विर्खेलाई सम्झाए, २/४ दिनमा सबै तिर्छु ।
लार्खराउँदै घर जाँदै थिए, त्यो बिर्खेको ले उधारो नदिने भएको म मुखियाको छोरोलाई । तनावमा नै थिए, अचानक हल्कराले चिठी दियो। अमेरिका बाट लोट्री परेको खबर आयो । ईश्वर लाई मुरी मुरि धन्यवाद । मेरो सपना पूरा हुने भयो, ७ पटक पनि भिसा नदिएको यो अमेरिका, जसले आज लोट्री बाट बोलाएको महसूस भयो । बा अब चिन्ता नगर्नुस् मेरो अमेरिकाको भिसा लागेको छ, अब जाबो सबै ऋण २/४ महिनामा नै तिर्ने हो, बा र आमालाई विश्वको सबै खुसी दिने हो, दिदी बहिनी हरुलाई काठमाडौंमा घर बनाइदिने हो । आफ्नो घर त्यही घरबेटीको (काठमाडौं) घर नजिकै किन्ने हो, नभए त्यही घरबेटीको घर किन्ने हो । मेरो सपना पूरा हुन्छ बा । चिन्ता नगर्नुस् । म खुसी ले पागल भए । म अब अमेरिका जाने भय । मेरो डिग्री पछि अर्को सफलता ५ बर्ष पछि लागेको छ । हे ईश्वर,मेरो खुशीको सिमनानै थिएन ।
अघि भर्खरै मलाई परेको लोट्री ले यी मेराे सपना पूरा गर्छन, अमेरिकाको कमाई त्यति धेरै हुन्छ ता की यी सब सपना पूरा हुन्छ । म स्तब्ध भए, निःशब्द भए, बा पनि ढाल्नु भयो त्यतिनै बेला । बिर्खेको रक्सीले छोड्यो, लोट्री लागेको छ, सपना छ, त्यत्रो ऋण छ, बा ढाल्नु भयो । म आमालाई सम्ल्दै छु, म छु नि आमा, नरुनु, म गर्छु नी आमा, मलाई लोटरी परेको छ आमा ।
तपाइँको प्रतिक्रिया ।