टोखा नगरपालिकामा थप १६३ जनामा कोरोना संक्रमण पुष्टि

कपन अनलाइन

काठमाडौं ,कार्तिक १३/ नविना श्रेष्ठ

टोखा नगरपालिकामा कात्तिक १२ गते थप १६३ जनामा कोभिड-१९ कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। कोरोना भाइरस संक्रमण भएका संक्रमित महिला सख्या ६३ जना रहेको र पुरुष सख्या १०० जना रहेका छन्। भने होम आइसोलेसनमा १५६ जना रहेको र अस्पतालमा ५ जना मात्र रहेका छन्। २ जना सम्पर्क विहिन भएका छन्।

टोखा नगर स्वास्थ्य शाखाका अनुसार १२गते संक्रमण पुष्टि भएका संक्रमित मध्ये वडा नं १ मा – ० – वडा नं २ मा ५ वडा नं ३ मा ३१ वडा नं ४ मा १३ वडा नं ५ मा १० वडा नं ६ मा १२ वडा नं ७ मा २५ वडा नं ८ मा १९ वडा नं ९ मा १० वडा नं १० मा १५ वडा नं ११ मा १५ ६ जना सम्पर्क विहिन भएको र अन्यमा २ जना गरी जम्मा संक्रमित सख्या १६३ जना रहेको थियो। हाल सम्मको सकृय संक्रमित मध्ये होम आइसोलेसनमा बस्नेको संख्या १९३१ जना रहेको र अस्पतालमा ३५३ जना रहेको थियो। ५० जना भने सम्पर्क विहिन भएका छन्। जम्मा संक्रमित सख्या २३३४ जना पुगेको छ। टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्र नगर आइसोलेशनवाट २ जना डिस्चार्ज भएका छन्।

हाल १२ जना संक्रमित हरुको भर्ना भएका छन्। हाल सम्म उक्त आइसोलेशना केन्द्रमा १२० जना संक्रमित हरूले सेवा लिइसकेको र आज सम्म १०८ जनाको डिस्चार्ज भैसकेको टोखा नगरपालिका उपप्रमुख ज्ञान माया डंगोलले बताएकी छन्। दशैंको रमझम सँगै कोभिड-१९ कोरोना भाइरसलाई पनि खाल गरी चाडपर्व मनाउन सम्पूर्ण वडा बासीहरु लाई अनुरोध गरेकी छिन् ।

कोभिड-१९ वाट आफू पनि बच्चै र अरूलाई पनि बचाउँन हामी सबैको जीमेवारी रहेको टोखा नगरपालिका उपप्रमुख ज्ञान माया डंगोलले सबैमा आग्रह गरेकी छन् हाल सम्म कुल PCR परिक्षण गरेका हरुको सख्या ५९७० जना रहेको र कुल सम्पर्क परिक्षण गरेका ३७२० जना पुगेका छन्। CICT Team ले १६३ जनाको case Investigation गरेको छ।

तपाइँको प्रतिक्रिया ।