बुढानिलकण्ठमा पुष्पलाल श्रेष्ठकाे ”जलचेतना” पुस्तक सार्वजनिक

बुढानिलकण्ठमा पुष्पलाल श्रेष्ठकाे ”जलचेतना” पुस्तक सार्वजनिक

कपन अनलाइन

काठमाडौं ,कार्तिक ६।

नेपाल बाेटल वाटर उद्याेग संघका केन्द्रीय उपाध्यक्ष पुष्पलाल श्रेष्ठद्वारा लिखित ”जलचेतना” पुस्तक सार्वजनिक गरिएकाे छ। बुढानिलकण्ठमा आयाेजित एक कार्यक्रममा नगर प्रमुख उद्धव खरेल, वरिष्ठ साहित्यकार डा० शैलेन्दु प्रकाश नेपाल, साहित्यकार रत्न प्रसाद अनामणी श्रेष्ठले संयुक्त रुपमा विमाेचन गरेका छन।

पत्रकार कुमार रञ्जित, संघका संरक्षक धर्मनन्द श्रेष्ठ, अध्यक्ष सुवास भण्डारी र उमेश पाण्डेले मन्तव्य व्यक्त गरेको कार्यक्रममा  प्रशान्त डंगाेलले स्वागत मन्तव्य राखेका थिए।

पुस्तकमा नेपालमा खानेपानीकाे अवस्थाबारे यथार्थ चित्रण गरिएकाे  सो पुस्तक सार्वजनिक कार्यक्रममा  नेपाली बजारमा खानेपानीकाे अस्तव्यस्त बजार अवस्थाबारे चर्चा साथै समाधानका लागि स्थानीय तह अघि सर्नुपर्ने विषयमा जाेड दिइएकाे थियाे।

तपाइँको प्रतिक्रिया ।