गोकर्णेश्वरको लायन्स आइसोलेसन केन्द्र बाट बुधबार थप ६ जना कोरोना जितेर फर्किए

गोकर्णेश्वरको लायन्स आइसोलेसन केन्द्र बाट बुधबार थप ६ जना  कोरोना जितेर फर्किए

कपन अनलाइन

काठमाडौं, असोज ५ । बुधबार  गोकर्णेश्वर नगरपालिका द्वारा उपलब्ध गराइएको राष्ट्रिय सहिद तथा शान्ति पार्क,यज्ञडोल (जगडोल) सामुदायिक वनको स्वामित्वको  लायन्स आइसोलेसन केन्द्रमा  रहेका थप ६ जना  जना घर फर्केका छन  । करिब १४ दिनको आइसोलेसन बसाई र पिसीआर परिक्षण गर्दा कोरोना रिपोर्ट नेगेटिभ आए संगै  आइसोलेसन बसाइ अवधि पुरा गरि बुधबार थप ६ जना  जना  घर फर्केका हुन् ।काठमाडौं उपत्यकामा दिनहुँ कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमित बढेसँगै संक्रमितको उपचारमा सहयोग पुगोस भनेर लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ ले गोकर्णेश्वर नगरपालिका संगको समन्वयमा उक्त भवनलाई आइसोलेसन केन्द्रको रुपमा संचालन गरेको हो।

उनीहरुलाइ आइसोलेसन सेन्टर कमिटिको प्रशासन उपसमिति संयोजक  माइ एल सी आइ एफ चिफ लायन रमेश लामा , लायन श्रीचन केसी, आइसोलेसन सेन्टर कमिटिको परिवाहन व्यवस्थापन प्रवद्धन उप समिति संयोजक लायन धर्मशरण श्रेष्ठ, लायन श्रीधर भण्डारी,लायन उमेश ढुंगाना, लायन ठण्डराज ठकुरी (राजन) लगायतको उपस्थितिमा उनीहरुलाई बिदाइ गरिएको हो।त्यसै गरि बुधबार नै उक्त आइसोलेसनमा थप २ जना भर्ना भएको पनि आइसोलेसन सेन्टर कमिटिको प्रशासन उपसमिति संयोजक  माइ एल सी आइ एफ चिफ लायन रमेश लामाले जानकारी गराए ।साथै उनले केहि दिन  आइसोलेसन केन्द्रमा रोकिएको संक्रमित भर्ना  पुन सुचारु गरिएको  बताए।

गोकर्णेश्वर नगरपालिका सँगको समन्वय तथा सुमेरू अस्पतालसँग सहकार्य गरेर  लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ले आइसोलेसन सेन्टर स्थापना गरेको र यसका लागि स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभागबाट स्विकृती प्राप्त गरे संगै  उक्त आइसोलेसन संचालनमा आएको हो ।लायन्स क्लब अन्तर्राष्ट्रिय, डिष्ट्रिक्ट ३२५ए१ले ५० बेड (७० बेडसम्म पुर्याउन  सकिने) उक्त आइसोलेसन केन्द्रमाको सुरक्षाको जिम्मा गोकर्णेश्वर नगर प्रहरी र  महानगरीय प्रहरी वृत्त गोकर्णले गरिरहेको छ ।

संक्रमितहरुको लागि लायन्स क्लबले दिनको चार पटक खानको व्यवस्थापन गरिरहेको छ भने बिहान संक्रमितहरुलाई  शारीरिक व्यायाम, योगा पनि गराउदै आएको छ । आइसोलेसन केन्द्रको व्यवस्थापनको लागि दैनिक रुपमा लायन्स सदस्यहरुले सामुहिक रुपमा आलोपालो गरेर खटिरहेका छन ।उक्त आइसोलेसन केन्द्र अति आवश्यक कोभिड  संक्रमित  ब्यक्ति जो कोठामा बहाल तिरेर बस्छन जसको बस्ने अवस्था छैन त्यस्ता ब्यक्तिहरुको लागि केन्द्रित गरिएको छ ।

तपाइँको प्रतिक्रिया ।