बेमौसमी खेती

कपन अनलाइन

काठमाडौं ,कार्तिक ५ /यादप भट्टराई

इतिहासकै सबैभन्दा शक्तिशाली अर्थात् खुशीको क्षण नेपाली जनताले प्राप्त गरेका थिए ।वास्तवमा त्यो एउटा मौसम अनुसारको खेती थियो । स्वाभाविक रूपले किसानले धान रोप्नका लागि असार कुर्नैपर्छ । असारमा लगाएको खेतीबाट बाली पर्खन मंसिरसम्म कुर्नुपर्ने बाध्यता हुन्छ । त्यही बाध्यता विवशता लाई मध्यनजर गर्ने हो भने नेपाली जनताले पनि उन्नत जातको बाली लगाउने कोसिस गरेका थिए । २०१५, २०४७,२०५२, १०६४ २०७०  मा किसानले लगाएको बालीमा फल नलाग्दै लाइ लाग्यो । २०७४ सालको निर्वाचनमा यसरी हामी नेपाली जनताले एउटा शक्तिलाई रोज्ने निर्णय गर्यो तर विडम्बना आज लाग्छ हामीले दिएको मतको दुरुपयोग हुँदा । अहिले संसारका हरेक राष्ट्रहरु Covid 19 सँग लडिरहेका छन् तर हाम्रो सरकार भने कुर्सीको आन्तरिक किचलोमा रुमल्लिरहेको छ । धेरै राष्ट्रका मन्त्री तथा प्रधानमन्त्रीहरूले covid 19 लार्इ नियन्त्रण गर्न सकिएन भनेर धमाधम राजीनामा दिँदै भागिरहेका छन् । यसअर्थमा म नेपालका प्रधानमन्त्रीलाई हृदय बाट नै सम्मान व्यक्त गर्दछु किनकी उहाँ आफैमा रोगी हुँदाहुँदै पनि सरकारको आन्तरिक किचलो रूमली रहनु लिइरहनुभएको छ ।

नेपाल सरकार तिमी धन्य रहेछौँ । तिम्रै कारण आज नेपाली जनता भोकले सडकमा आन्दोलित हुन पुगेका छन् । तर चुनाव हारेको व्यक्तिलाई राष्ट्रियसभामा मनोनयन गर्ने कुन मन्त्रालयले फुटाएर धेरैभन्दा धेरै मन्त्रालय बनाउने, कसको सन्धिलाई राष्ट्रको उच्च पदमा नियुक्ति गर्ने, महामारीको नियन्त्रण गर्ने समयमा कहाँबाट धेरै पाउने भन्ने जस्ता विविध पक्षहरुरुमलिएको देख्दा त लाग्छ मौसम नै खराब रहेछ । नेपाली जनताले गरेको विश्वास,भरोसा, आशा खोलामा बगेको पानी जस्तै भएको छ । महामारी उच्च बिन्दु प्रस्तान गर्दै जाँदा प्रधानमन्त्रीले भने मन्त्रीमण्डलको  पुनर्गठन गराउँदा नेपाली जनता सारै हर्षित भएका छन्। बहुमतीय सरकारको दम्भ, घमण्ड, तानाशाही प्रवृत्तिका कारण नेपालले आज ठुलो क्षति बेहोर्दै छ।

नेपाल सरकारसँग न त स्पष्ट नीति छ न त कुनै पारदर्शी काम नै छ । सरकारसँग छ त केवल दुई तिहाई मतको दम्भ । राष्ट्रियस्तरमा सञ्चालित राष्ट्रिय गौरवका आयोजनाहरुकोले न त निकास पाउन सकेका छन् न त नयाँ आयोजनाको व्यवस्थित कार्यान्वयन गरिएको छ । राष्ट्रको स्रोतबाट अधिक मात्रामा लगानी गरिएका यस्ता आयोजनाहरु समयमा सम्पन्न हुन नसक्नुमा सरकारको कमजोरी रहेको छ भने नेपाली जनताले स्पष्ट आभास गरेका छन् ।

सरकारको प्रतिपक्षीको भूमिका निर्वाह गरेको पार्टीले सरकारले गरेका गल्ती कमि कमजोरीहरुलाई खबरदारी गर्नुपर्ने साटोमा आफै पार्टीको आन्तरिक किचलोमा रुमलिएको छ । धन्न नेपाली जनताले तिमीलाई प्रतिपक्षको भूमिका सम्म त दिए । त्यतिसम्म पनि धन्न पाएछ त्यो तिम्री गल्तीको कारणले न हो ।आजसम्म त्यति त पाएछौ अब भोलि हुने निर्वाचनमा तिमीलाई पनि नेपाली जनताले मट्टीमा बिलिन गराउनेछन् ।

गाउँगाउँमा पार्टी विस्तारका कार्यक्रमहरुले यही महामारीमा निरन्तरता पाउँदै गएका छन् । जनता रोग र भोकले सडकमा थलिएका समयमा उनीहरूको घाउमा मलमपट्टी लगाउने बेलामा उल्टै नुन र चुक छरिदैछ । संकटको समयमा सबैलाई च्याप्नु पर्ने बेलामा उल्टो पाखा लगाइँदै छ ।पछिल्लो समय राष्ट्रको ढुकुटीबाट धमाधम सांसदहरुलार्इ  दसैंभत्ता बाढिनु, संक्रामक रोगको उपचार राष्ट्रले गर्नुपर्ने ठाउँमा नागरिकहरूलाई आफै उपचारको खर्च गर्नु भनेर सरकार उदासीन बन्दै जाँदा नेपाल सरकारलाई यतिवेला बसन्तको मौसममा आएको लाग्दै होला तर नेपाली जनतालाई भने बेमौसमी खेती भएको छ ।

तपाइँको प्रतिक्रिया ।