टोखा नगरपालिकामा कोरोना संक्रमितको संख्या १९११ पुग्यो

कपन अनलाइन
काठमाडौं ,  कार्तिक ५ /नविना श्रेष्ठ
टोखा नगरपालिकामा कोरोना भाइरस संक्रमण भएका संक्रमित सख्या  १९११ जना पुगेको छ।
सकृय संक्रमित सख्या ६७९ जना रहेको र निको भएका मानिसहरुको सख्या भने १२१२ जना रहेका छन्। हाल होम आइसोलेसनमा ६२५ जना रहेको र अस्पतालमा ४६ जना रहेका छन्। सम्पर्क विहिन भएका सख्या भने ८ पुगेको छ।
कार्तिक ३ गतेको वडा गत विवरण अनुसार संक्रमित महिला सख्या २७ जना रहेको र पुरुष सख्या ३२ जना रहेका छन्। जम्मा संक्रमण भएका संक्रमित सख्या ५९ जना पुगेको छ। जसमध्ये होम आइसोलेसनमा ५३ जना रहेको र अस्पतालमा मात्र ५ जना रहेको टोखा नगरपालिका उपप्रमुख ज्ञान माया डंगोलले जानकारी दिएकी छिन्।
हाल सम्म कोरोना भाइरस संक्रमित कुल सख्या ५९०८ जना पुगेको थियो। भने कुल सम्पर्क परिक्षण भएका मानिसहरूको सख्या ३७९१ जना रहेका छन्। CICT Team ले ५९ जना को case Investigation गरेको छ। टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्र नगर आइसोलेसनमा हाल कोरोना भाइरस संक्रमित २१ जना रहेका छन्। भने नयाँ थप भर्ना भएका ३ जना रहेको र १ जना डिस्चार्ज भएको टोखा नगरपालिका उपप्रमुख ज्ञान माया डंगोलले जानकारी दिएकी छन्।
तपाइँको प्रतिक्रिया ।