गोकर्णेश्वर ४ देशेमा वृक्षारोपण

गोकर्णेश्वर  ४ देशेमा वृक्षारोपण

कपन अनलाइन

काठमाडौं, असोज ४। गोकर्णेश्वर नगरपालिका वडा नं ४ देशे गाउमा मा वृक्षारोपण गरिएको छ। सोमबार “रुख रोपौ बन जोगाऔ” भन्ने सन्देश सहित सार्वजनिक जग्गा संरक्षण हेतु बिभिन्न फलफुल प्रजातिका बिरुवा रोपिएको हो।

 जंगल आसपास भएको सो स्थानमा अन्य फलफुलका बिरुवा रोप्दा बाँदरले दुख दिने हुदा बाँदरले नखाने कागती, अम्बा, अमला, लगायतका फलफूलका बिरुवा करिब  २ सय बोट रोपिएको वडा अध्यक्ष श्रीकुमार श्रेष्ठले  जानकारी गराए ।उनले पछिल्लो समय खासगरी वनजङ्गल क्षेत्र आसपास गरिने कृषिका लागि बाँदरले बालीनाली नाश गर्ने समस्या बढ्दो छ ।बढ्दो रुपमा रहेको मानव बाँदरबीचको द्वन्द्व न्यूनीकरणका लागि पनि  अल्पकालीन र दीर्घकालीन उपाय  अपनाउनु पर्ने र सोहि अनुसारको कृषि खेति अवलम्बन गर्नु पर्ने आवश्यक रहेको  उनले बताए।

बाँदरको बासस्थान अतिक्रमण भएको, हुँदा  बाँदरका लागि खाने आहारा फलफूलको कमी भएपछि सहजरूपमा आहारको खोजीमा कृषि तथा बालीनालीमा पस्ने हुँदा त्यस्तो उपाय अवलम्बन गर्नुपर्ने आवश्यकता रहेको बताए ।वडाले बिभिन्न समयमा वृक्षारोपण गर्दै आएको जानकारी दिदै रोपिएको बिरुवा संरक्षण गर्नको लागि उनले स्थानीयहरुलाई अनुरोध गरेका छन्।

सो कार्यक्रममा वडा अध्यक्ष श्रीकुमार श्रेष्ठ सहित वडा सदस्य बालकृष्ण श्रेष्ठ , वडा सदस्य बिष्णु सुनाम, वडा सदस्य उमा थापा, वडा सचिब नवराज सेन, नेपाल स्काउटका स्वयं सेवक सहित स्थानीयहरुको सहभागिता रहेको थियो ।

तपाइँको प्रतिक्रिया ।