कागेश्वोरी मनोहरा नगरपालिकाका अत्यावश्यक बाहेकका अन्य सेवाहरु बन्द हुने
कपन अनलाइन
काठमाडौं, कार्तिक १ । कागेश्वोरी मनोहरा नगरपालिका भित्र कोरोना संक्रमणको बढ्दो अवस्थालाई मध्यनजर गर्दै अत्यावश्यक बाहेकका सेवाहरु अर्को सूचना नआए सम्मलाई बन्द हुने जानकारी गराएको छ।
नगर प्रवक्ता राजाराम पुडासैनीले बिज्ञप्ति जारी गर्दै नगरपालिका कार्यलय तथा वडा कार्यालय बाट प्रदान गर्दै आएका सेवाहरु २०७७ साल कार्तिक २ गते देखि लागु हुने गरि नगरपालिकाका प्रशासन शाखा , स्वास्थ्य शाखा ,योजना शाखा तथा लेखा शाखाहरुबाट दिंदै आएका अत्यावश्यकका सेवाहरु बाहेक अन्य शाखा / सेवाहरु बन्द गरिने उल्लेख गरिएको छ ।
तपाइँको प्रतिक्रिया ।