गोकर्णेश्वरको लायन्स आइसोलेसन केन्द्रमा कोरोना संक्रमितलाइ योग अभ्यास

गोकर्णेश्वरको लायन्स आइसोलेसन केन्द्रमा कोरोना संक्रमितलाइ योग अभ्यास

कपन अनलाइन

काठमाडौं असोज २८ ।गोकर्णेश्वर नगरपालिका द्वारा उपलब्ध गराइएको राष्ट्रिय सहिद तथा शान्ति पार्क,यज्ञडोल (जगडोल) सामुदायिक वनको स्वामित्वमा रहेको भवन  आइसोलेसन केन्द्रको रुपमा संचालनमा आएको छ। ।काठमाडौं उपत्यकामा दिनहुँ कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमित बढेसँगै संक्रमितको उपचारमा सहयोग पुगोस भनेर लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ ले गोकर्णेश्वर नगरपालिका संगको समन्वयमा उक्त भवनलाई आइसोलेसन केन्द्रको रुपमा संचालन गरेको हो ।

गोकर्णेश्वर नगरपालिका सँगको समन्वय तथा सुमेरू अस्पतालसँग सहकार्य गरेर  लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ले आइसोलेसन सेन्टर स्थापना गरेको र यसका लागि स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभागबाट स्विकृती प्राप्त गरे संगै  बिहिबार बाट उक्त आइसोलेसन संचालनमा आएको हो ।लायन्स क्लब अन्तर्राष्ट्रिय, डिष्ट्रिक्ट ३२५ए१ले ५० बेड (७० बेडसम्म पुर्याउन  सकिने) उक्त आइसोलेसन केन्द्रमा हाल सम्म  १४  जना कोभिड १९ संक्रमित रहेका छन ।उनीहरुको सुरक्षाको जिम्मा नगर प्रहरी र  महानगरीय प्रहरी वृत्त गोकर्णले गरिरहेको छ ।संक्रमितहरुको लागि लायन्स क्लबले दिन को चार पटक खानको व्यवस्थापन गरिरहेको छ   ।

त्यसै गरि आईसोलेशनमा रहेकाकोरोना  संक्रमितलाई योगा अभ्यास  समेत गराउन  थालिएको छ । उनिहरुको प्रतिरक्षा प्रणाली बलियो बनाउने उद्देश्यका साथ योगा अभ्यास गराइएको हो । आइसोलेसन सेन्टर कमिटिको पुनर्ताजगी, ब्यायाम, योगा उपसमितिकि संयोजक लायन रेनुका श्रेष्ठ सहित सदस्यहरु : लायन सोमिका श्रेष्ठ, लायन गीता आछामी, लायन सुनिता पाण्डे, लायन सीता  कुमारी ओलीले  योगा अभ्यास गराउदै आएका छन् । आइसोलेसन सेन्टर कमिटिको पुनर्ताजगी, ब्यायाम, योगा उपसमितिकि संयोजक लायन रेनुका श्रेष्ठका अनुसार  रोगप्रतिरक्षा प्रणाली कम भएपछि असर पार्न सक्ने भन्दै योगा अभ्यास आवश्यक रहेको र संक्रमितले निकै रुची राखेर योगा अभ्यास गरेको पनि बताइन ।त्यसैगरि उक्त आइसोलेसन लायन भिष्म राज रायमाझीको पहलमा एक जना  नर्सको समेत व्यवस्थापन गरिएको छ ।

 

तपाइँको प्रतिक्रिया ।