हाल सम्म कागेश्वरी मनोहरा नगरपालिकाले ५ हजार २ सय ७ जनाको पी सी आर परिक्षण गरेको छ :नगर प्रमुख कृष्णहरि थापा

कपन अनलाइन

काठमाडौं असोज २७।कागेश्वरी मनोहरा नगरपालिका मा मिति २०७७ बैशाख १ गते देखी आज आश्विन २६ गते सम्म को कोरोना संक्रमण अवस्थामाको बारेमा  नगर प्रमुख कृष्णहरि थापाले सामाजिक संजाल मार्फत  जानकारी गराएका छन।उनका अनुसार हाल सम्म कागेश्वरी मनोहरा नगरपालिकामा २२८ जना महिला र ३८७जना पुरुष गरि कुल ६१५ जना कोरोना संक्रमित रहेकोजानकारी गराएका छन। जस मध्ये ११३ जना महिला र १८९जना पुरुष गरि कुल ३०२ जनाले कोरोना जितेको उल्लेख गरेका छन ।

त्यसै गरि हाल सम्म २ महिला र २ पुरुष गरि कुल ४ जना दिर्घ रोगी  कोरोनाका कारण मृत्यु भएको जानकारी गराएका छन।  उनले  हाल सम्म ५ हजार २ सय ७ जनाको पी सी आर परिक्षण गरेको र १ हजार ३ सय ४४ जनाको आर डी टि परिक्षण गरेको र सो आर डी टी परिक्षण हाल बन्द गरिएको जानकारी दिएका छन । त्यसैगरि  उनले  नगरपालिकामा १७५ जनाको एन्टीजिन परिक्षण गरिएको पनि उल्लेख गरेका छन ।त्यस्तै उनले हाल होम आइसोलेसनमा २८६ जना रहेको र अस्पतालको आइसोलेसनमा २७ जना रहेको पनि उल्लेख गरेका छन ।

त्यसै गरि उनले असोज २६ गते सोमबार कागेश्वरी मनोहरा नगरपालिका द्वारा वडा नं. ६ मा संचालित मुलपानी नगर अस्पतालमा १५६ जना पुरूष र १०६ जन महिला गरि २६२ जनाको स्वाब संकलन गरि परिक्षणका लागि टेकु पठाइएको र   एन्टीजिन प्रबिध बाट ५ जना पुरूषको कोरोना परिक्षण गर्दा १ जनामा पोजेटिभ पाइएको पनि जानकारी गराएका छन  ।

उनले कोरोना संक्रमितको संख्या दिन प्रति दिन अप्रत्यासित रूपमा बढेकोले नगरपालिकाको  सबै वडा र नगरपालिका समेत २०७७ कार्तिक १ गते देखि कार्तिक १५ गते सम्म (बिजया दशमीको बिदा) को अवधिमा कोरोना संक्रमण रोकथाम गर्नको लागि नगरपालिका बन्द गर्ने सोच रहेको भन्दै सो मा नगरबासीको सुझाब को अपेक्षा गरेका छन।

 

 

 

तपाइँको प्रतिक्रिया ।