चन्द्रागिरि दहचाेक सृजना चाेकमा खुल्याे पहिलाे अत्याधुनिक चन्द्रागिरि डिपार्टमेन्ट स्टाेर
कपन अनलाइन
काठमाडौं असोज २६। काठमाडौंको चन्द्रागिरि १ दहचोक सृजना चोकमा नयाँ डिपार्टमेन्ट स्टोर सञ्चालनमा आएको छ ।एक कार्यक्रमका बिच चन्द्रागिरि नगरपालिकामा नगरकै पहिलो सुविधा सम्पन्न चन्द्रागिरि डिपार्टमेन्ट स्टोर सञ्चालनमा आएको हो ।
चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी र राष्ट्रिय कलाकार दिपक राज गिरीले रिवन काटेर र पानसमा दिप प्रज्वलन गरेरे उक्त अत्याधुनिक डिपार्टमेन्ट स्टोरको उद्घाटन गरिएको छ । कार्यक्रममा बोल्दै नगर प्रमुख गिरीले यस्ता व्यापारीक स्टोरहरू सञ्चालनले आधुनिक बजारीकरण हुने र व्यवस्थित तवरले सञ्चालनमा आउने स्टोरहरूबाट आम उपभोक्ताहरूलाई सहज हुने बताए ।
आधुनिक शहरमा व्यवस्थित र मर्यादित तबरले सञ्चालनमा आएका यस्ता स्टोरहरूबाट एकै ठाउँबाट आम नागरिकहरूले सेवा पाउने हुदा नगरकै बिकासमा थप टेवा पुग्ने नगर प्रमुख गिरीको भनाइ रहेको थियो ।कलाकार तथा अभिनेता दिपक राज गिरीले आफ्नो गाउँ टोलमा स्थापना भएका यस्ता डिपार्टमेन्ट स्टोर सञ्चालनमा आउनु आबश्यक रहेको बताए । कलाकार गिरीले आफु चन्द्रागिरिको दहचोकमा जन्मेको मा गर्व गर्दै स्थानीय जनताहरूलाई सवै सेवा सुविधा सम्पन्न नगरपालिकाको रूपमा देख्न चाहेको र नगरपालिका भित्र रहेका सवै राजनितिक दलहरूलाई पुर्वाग्रही तवरले बिकास निमार्णमा लाग्न आग्रह समेत गरेका थिए ।
चन्द्रागिरि डिपार्टमेन्ट स्टोरका सञ्चालक जयराम अधिकारीले करिव साढे दुई करोड लगानीमा सञ्चालित स्टोरबाट आम उपभोक्ताहरूलाई घरदैलोमानै गुणस्तरीय सेवा सुविधा सहित उच्चस्तरीय सेवा प्रवाहमा जोड दिने उदेश्यले स्टोर सञ्चालनमा ल्याईएको बताए । अधिकारीले दैनिक जिवनमा आवश्यक पर्ने नुन देखि सुन सम्म एकै स्थानमा उपलब्ध गराईने जानकारी दिए ।
पाँच तलाको अत्याधुनिक भवनबाट बिस्तार गिरिएको स्टोरमा गाडी वाईक पार्किङ, बैंक सेवा, चिसो तातो, र चाडपर्व विशेष योजना समेत सञ्चालन गरिने भएको छ ।चन्द्रागिरि डिपार्टमेन्ट स्टोरमा जयराम अधिकारी,अर्जुन गिरी, विष्णु गिरी लगायतको लगानी रहेको छ ।
फोटो : रोशन दानी