श्रीकृष्ण माबी चन्द्रागिरि १ लाइ स्वास्थ्य सुरक्षाका सामग्री प्रदान
कपन अनलाइन
काठमाडौं,असोज २६ । चन्द्रागिरी नगरपालिका वडा नं १ दहचोकमा रहेको श्रीकृष्ण माध्यमिक बिध्यालयलाइ आइतबार स्वास्थ्य सुरक्षाका सामग्री उपलब्ध गराइएको छ। विश्व ब्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरण गर्नको लागि उक्त बिद्यालयलाइ मास्क, सावुन, सेनिटाइजर लगायतका स्वास्थ्य सामग्री एक कार्यक्रमका बीच बिध्यालय लाइ हस्तान्तरण गरएको हो ।
चन्द्रागिरिका युवा नेता तथा समाज सेवी रोशन दानी युवा व्यवसायी तथा लेखक माधव अधिकारी, युवा व्यवसायी राम नारायण घिमिरे समाज सेवी तथा लायन्स क्लब अफ चन्द्रागिरी मण्डलका अध्यक्ष देबेन्द्र प्रधान लगायतले बिद्यालयलाइ स्वास्थ्य सामग्री उपलब्ध गराएका हुन। उक्त स्वास्थ्य सामग्री बिध्यालयका प्रधानाध्यापक बलराम कार्कीलाइ हस्तान्तरण गरिएको थियो।
बिद्यालयका प्रधानाध्यापक बलराम कार्कीले कोभिडको महामारीका बीच पनि चन्द्रागिरीमा समाजसेवीहरुको भूमिका प्रशंसनिय रहेको बताँउदै सामाजिक रूपान्तरणमा युवाहरूले पुर्याएको साना सहयोग विषम अवस्थामा ठुलो हुने विश्वास व्यक्त गर्दै स्वास्थ्य सामग्री उपलब्ध गराएकोमा बिध्यालयको तर्फ बाट आभार ब्यक्त गरेका थिए ।
कार्यक्रममा बोल्दै समाज सेवी तथा लायन्स क्लब अफ चन्द्रागिरी मण्डलका अध्यक्ष देबेन्द्र प्रधानले सामाजिक उत्तर दायित्व अन्तरगत बिद्यालयलाइ सहयोग गरेको बताए। उनले यस अघि पनि चन्द्रागिरीका बिध्यालयहरुलाई स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराईसकेको जानकारी गराए ।
त्यसै गरि समाज सेवी तथा युवा व्यवसायी रामनारायण घिमिरेले एक महिना भित्र स्वास्थ्य सम्बन्धि चार वटा कार्यक्रम गरिसकेको जानकारी गराउदै मानवीय सेवामा सधै निरन्तर लागिरहने बताए । उनले सबैको साथ र सहयोग को खाँचो रहेको पनि बताए। भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टरका सञ्चालक माधव प्रसाद अधिकारीले युवाहरू सधै सामाजिक रूपान्तरण लाग्न आवश्यक रहेको औलाए ।
युवा नेता तथा समाजसेवी राेसन दानीले समाजलाई परेकाे हरेक समस्या चुनाैती हल गर्न सक्नुनै मानवीय सेवाकाे अनुपम कार्यरहेकाे चर्चा गर्दै चन्द्रागिरिकाे समग्र रूपान्तरणमा लागि रहने चर्चा गरे ।देश कोरोना भाइरसले आक्रान्त भैरहेका बेला समाजका बिभिन्न तह र तप्काका ब्यक्तिहरुले सामाजिक भावनाले ओतप्रोत भएर स्वास्थ्य सामग्री निशुल्क उपलब्ध गराउने क्रम जारी छ ।