बुढानिलकण्ठ नगरपालिका वडा नं ६ का वडा अध्यक्ष नबिन केसीलाइ कोरोना संक्रमण
कपन अनलाइन
काठमाडौं ,असोज ६। बुढानिलकण्ठ नगरपालिका वडा नं ६ का वडा अध्यक्ष नबिन केसीलाइ कोरोना संक्रमण भएको छ। कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण अभियानमा सक्रिय रहेका केसीले असोज २१ गते बुधबार बुढानिलकण्ठ नगरपालिकाको जन स्वास्थ्य मार्फत चपली घुम्ती स्वास्थ्य शाखा मा पी सी आर परिक्षणको लागि स्वाब दिएको ४ दिन पछि असोज २५ गते प्राप्त रिपोर्ट अनुसार उनमा कोरोना पोजिटिभ देखिएको सामाजिक संजाल मार्फत जानकारी दिएका छन । उनले केहि दिन अघि सामान्य ज्वरो र रुघा लागेको जानकारी दिदै स्वाब परिक्षण गर्नु केहि अगाडि दिनदेखि बिदामा बसेको हुँदा धेरै जना संग भेटघाट नभएको र भएकाहरु संग पनि स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएको जानकारी दिएका छन्।
उनले अहिले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिदै कोरोना को जोखिम बढ्दै गएको अवस्थामा साबधानी पुर्वक स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाई सुरक्षित रहन सबैलाई अनुरोधअनुरोध गरेका छन साथै चाडै कोरोना जितेर जना सेवामा सक्रिय हुने पनि उनले जानकारी गराएका छन ।