च्यासुण्डोल युवा क्लवको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

कपन अनलाइन

काठमाडौं ,असोज २५।

च्यासुण्डोल युवा क्लव बुढानिलकण्ठ नगरपालिका वडा नं  ६ को आयोजनामा  रक्तदान कार्यक्रम सम्पन्न भएको छ । उक्त रक्तदान कार्यक्रममा ३६ जना रक्तदाताहले रक्तदान गरेका थिए।
बागमति प्रदेशका प्रदेश सभा सदस्य दीपक निरौलाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा प्रदेश सभा सदस्य भिमसेन खत्री, एन्फा केन्द्रीय अध्यक्ष कर्माछिरिङ शेर्पा, वडा नम्बर ६ का वडा अध्यक्ष नविन केसी, ७ नम्बरका वडा अध्यक्ष बसुनारायण श्रेष्ठ, हेपाली हाइट प्रहरी चौकीका प्रमुख सुर्वण प्याकुरेल लगायतका अतिथिहरुको उपस्थिती रहेको थियो ।

रक्तदान कार्यक्रम संगै  वडाबाट एसइइ परिक्षमा सफल बनेका  विद्यार्थीलाई सम्मान पनि  गरिएको थियो ।

तपाइँको प्रतिक्रिया ।