लायन्स क्लब डिस्ट्रिक ३२५ ए१ द्वारा बिराटनगरमा आइसोलेसन केन्द्र प्रदेश १ सरकारलाइ हस्तान्तरण

लायन्स क्लब डिस्ट्रिक ३२५ ए१ द्वारा बिराटनगरमा आइसोलेसन केन्द्र प्रदेश १ सरकारलाइ हस्तान्तरण

कपन अनलाइन

काठमाडौं,असोज २३। विराटनगर महानगरपालिका १२ को सामुदायिक भवनमा ३० बेडको कोभिड १९ आइसोलेसन केन्द्र तयार गरी लायन्स क्लब डिस्ट्रिक ३२५ ए वानले प्रदेश १ सरकारलाई शुक्रबार हस्तान्तरण गरेको छ। सय दिनसम्मको व्यवस्थापन क्लबले गर्ने गरि आइसोलेसन सेन्टर प्रदेश सरकारलाई हस्तान्तरण गरिएको लायन्स क्लब ३२५ ए गभर्नर लायन टंक बहादुर श्रेष्ठले जानकारी गराए ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले  आइसोलेसन केन्द्र उद्घाटन गर्दै आईसीयूसहितको प्रबन्ध प्रदेश सरकारले गर्ने बताए। कोरोना भाइरस संक्रमण बढ्दै गएकाले कोभिड अस्पताल र आइसोलेसन केन्द्रहरुले मात्र थेग्ने अवस्था नभएको मुख्यमन्त्री राईको भनाइ रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रदेशका सामाजिक विकासमन्त्री जीवन घिमिरेले आइसोलेसन केन्द्र चिकित्सकीय सेवासहित सञ्चालन गरिने बताए। केन्द्रको सफाइ र स्वास्थ्य व्यवस्थापन प्रदेश सरकारले गर्ने पनि उनले बताए। उनले कोरोना फैलन सक्ने भएकाले चाडपर्व घरमै बसेर मनाउन आग्रह गरे । कार्यक्रममा विराटनगर महानगरपालिकाकी उपप्रमुख इन्दिरा कार्की, लायन्स क्लव ३२५ ए वानका गभर्नर टंकबहादुर श्रेष्ठलगायतले शुभकामना मन्तब्य राखेका थिए।

गतहप्ता लायन्स क्लब डिस्ट्रिक ३२५ ए१ले  गोकर्णेश्वर नगरपालिका द्वारा उपलब्ध गराइएको राष्ट्रिय सहिद तथा शान्ति पार्क,यज्ञडोल (जगडोल) सामुदायिक वनको स्वामित्वमा रहेको भवन  आइसोलेसन केन्द्रको रुपमा संचालनमा गरेको छ।काठमाडौं उपत्यकामा दिनहुँ कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमित बढेसँगै संक्रमितको उपचारमा सहयोग पुगोस भनेर लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ ले गोकर्णेश्वर नगरपालिका संगको समन्वयमा उक्त भवनलाई आइसोलेसन केन्द्रको रुपमा संचालन गरेको हो ।

कार्यक्रममा मल्टिपल डिष्ट्रिक्ट ग्लोबल सर्भिस टिम कोअर्डिनेटर पूर्व गभर्नर लायन अनन्त प्रसाद भेटुवाल पुर्व गभर्नर लायन लिला ढुंगेल, सेकेन्ड भाइस डिस्ट्रिक गभर्नर लायन कर्मा गुरुङ लगायत  लायन्स लिडर तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।

फोटो :लक्ष्य प्रधान

तपाइँको प्रतिक्रिया ।