चोरी भएका २६ वटा मोटरसाईकल धनिलाई जिम्मा लगाइयो

चोरी भएका २६ वटा मोटरसाईकल धनिलाई जिम्मा लगाइयो

कपन अनलाइन

काठमाडौं ,असोज २३ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका २६ वटा मोटरसाइकलहरु फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाएको छ ।

कोरोना भाईरसको माहामारीको बीचमा पनि महाशाखाको पीडित सहायता इकाईबाट सादा पोसाकमा खटिएका ट्राफिक प्रहरीको टोलीले विभिन्न मितिमा हराएका सवारी साधनहरु गोप्य ढङ्गले खोजतलास गरी सम्बन्धित धनीलाई जिम्मा लगाएको हो ।

उपत्यकाकानयाँबसपार्क, ठमेल, लाछिटोल, बोडे, सुर्यविनायक, बसुन्धारा, वनस्थली, नयाँबानेश्‍वर, सानेपा, गौशाला, नक्साल, ठमेल, शान्तिनगर, सामाखुसी, छाउनी, बालाजु, लैनचौर, नयाँबसपार्क, ज्ञानेश्वर, ईमाडोल, जडिबुटी, बनकाली, जोरपाटी र पुतलिसडकलगायतका विभिन्न स्थानबाट हराएका मोटरसाइकलको खोजी गरी आज सम्बन्धित धनिलाई यस महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले जिम्मा लगाएका हुन्  ।

“एकान्त ठाउँको पार्किङ्ग स्थल,घरको गेट बाहिर, अस्पताल लगायतका स्थानमा अतिरिक्त लक प्रयोग नगरेर, जुनसुकै साँचोले खोल्ने अवस्था भएका सवारी मर्मत नगरेर, घरमा पार्किङ्ग गरेको भनि लापारवाही वा असुरक्षित पार्किङ्ग गरेर मोटरसाईकलहरू बढी चोरी भएको देखिन्छ ।’’महाशाखाका प्रमुख भिमढकालले भने  , ‘चोरी भएको थाहा पाउनसाथ ट्राफिक प्रहरीको हटलाईन १०३ वा अनलाईन सेवा Lost Vehicle Application मा लगईन गरेर निवेदन दिन सकिने व्यवस्था रहेको छ ।’

उनले सवारी साधनलाई चोरीबाट बच्नका लागि सवारी साधनमा अतिरिक्त लक प्रयोग गर्न, अलाराम लगायतका उपकरण जडान गर्न, घर कम्पाउण्डमा पार्किङ्ग गरेको भनि ढुक्क नपर्न र एकै छिन हो भनि अतिरिक्त लक लगाउन अल्छी नगर्न पनि सुझाव दिएका छन  ।

आजबमबहादुरबिश्‍वकर्मा, रिनामगर, पवनराई, बासुदेवपोखरेल, राजुतामाङ, अप्सराखत्री, बिकाशकाररञ्जि, सुरजरामश्रेष्‍ठ, केशवअधिकारी, रामविक्रमसिजापती, जयरामप्रसादकुशवाह, कुमारबोगटी, ईन्द्रकुमारसुनुवार, अनितासुवाल, जा. बज्राचार्य, पुर्णमायापाख्रिन, निरजपाण्डे, धनविरयोञ्जन, मिनाके.सी., शिवशंकरश्रेष्‍ठ, कृष्णबुढाथोकी, रामकुमारीश्रेष्‍ठ, रामानन्दशाह, सुजनसैजु, भुनिमातामाङ्ग र लेखनाथभुसालका मोटरसाईकलहरु जिम्मा लगाएको हो ।

महाशाखाले यस आ.व. ०७६/०७७ मा मात्रै चोरी भएका ३२५ वटा मोटरसाईकल फेला पारी सम्बन्धित धनिलाई जिम्मा लगाएको थियो भने लकडाउनदेखि हालसम्म अवधिमा पनि ६४ वटामोटरसाईकलखोजतलास गरी सम्बन्धितधनिलाई बुझाईसकेको छ ।

तपाइँको प्रतिक्रिया ।