कोरोनालाई जितेर चाडै जनसेवामा सक्रिय हुनेछु : ज्ञानमाया डंगोल (उपप्रमुख टोखा नगरपालिका)

कोरोनालाई जितेर चाडै जनसेवामा सक्रिय हुनेछु : ज्ञानमाया डंगोल (उपप्रमुख टोखा नगरपालिका)
कपन अनलाइन
काठमाडौं ,असोज २३/ नविना श्रेष्ठ 
टोखा नगरपालिकाकी उपप्रमुख ज्ञान माया डंगोलले आफू छिटै कोभिड-१९ कोरोना संक्रमण मुक्त हुने विश्वास व्यक्त गरेकी छिन्। उनले आफूलाई संक्रमण पुष्टि भए सँगै होम आइसोलेसनमा बसेको आज ५ दिन भएको जानकारी दिँदै स्वास्थ्य अवस्था सामान्य रहेको र चाडै कोरोना जितेर जनसेवामा फर्किने बताएकी छन ।
टोखा नगरपालिकाकाबासीहरुको सेवामा दिन रात नभनी कोरोना प्रकोप नियन्त्रण रोकथाम अभियानमा सक्रिय रहँदै नगर कार्यालय वाट सेवा प्रदान गर्दै आएकी उपप्रमुख डंगोलले कोरोना संक्रमण देखिए सँगै अहिले उनी होम आइसोलेसनमा बसेकी छिन्।
शुरुमा टाउको दुख्ने र बान्ता हुने जस्ता  केहि लक्षण देखिएको तर अहिले भने स्वास्थ्य अवस्था ठिक रहेको बताउँदै डंगोलले कोरोनलाई पराजित गर्न सक्ने आत्मविश्वास आफू संग रहेको बताएकी छन ।
अहिले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको भन्दै निरन्तर जनताको लागि अग्रमोर्चामा रहेर सेवामा जुट्दा कतिबेला संक्रमित भएछु भन्ने  थाहा नै नपाएको अनुभव सुनाउदै डंगोलले   निषेधाज्ञा खुल्यो भनेर हेलचेक्र्याइँ नगर्न सबै वडा बासिहरुलाई बिना काम भिडभाडमा नजान अनुरोध गरेकी छन।
बाहिर  जानै परे पनि स्वास्थ्य सुरक्षामा ध्यान दिई सावधानी अपनाउन अनुरोध गर्दै घरबाहिर निस्कदा अनिवार्य रुपमा सहि तरिकाले माक्स लगाउन र स्यानिटाजर प्रयोग गरी स २ मिटरको दूरी कायम गरी विशेष सतर्कता अपनाउन सबैमा अनुरोध गर्दै उनले  कोरोना भाइरस संक्रमणलाई हेलचेक्राइँ नगरी बस्ने अवस्था अहिले नभएको र झन- झन यो रोग बढेकोले आम नगरवासीहरुलाई अत्यन्तै सावधानी पूर्वक सुरक्षित रहेन अपिल गरेकी छन।
विभिन्न माध्यमबाट आफूलाई स्वास्थ्य लाभको कामना गर्ने सबैलाई धन्यवाद दिँदै जनप्रतिनिधि आफ्नो दायित्व पुरा गर्ने क्रममा आफूलाई संक्रमण भएको बताउदै उनले  टोखा नगरबासी र शुभ चिन्तकहरुले गरेको सदभाव र सुभेच्छा तथा स्वास्थ्य लाभको कामनाले गर्दा कोरोना जित्ने आत्मबल मिलेको अनुभव सुनाएकी छन।

तपाइँको प्रतिक्रिया ।