बुढानिलकण्ठ -६ च्यासिन्डोलमा असोज २४ (भोलि ) रक्तदान कार्यक्रम हुने

कपन अनलाइन

काठमाडौं ,असोज २३।

बुढानिलकण्ठ नगरपालिका ६ वडामा रहेको च्यासिन्डोल युवा क्लवले असोज २४ गते शनिवार  रक्तदान कार्यक्रम गर्ने भएको छ । कोरोना भाइरसको कारण उपचारमा रगतको अभाव भइरहेको अवस्थालाई मध्यनजर गर्दै क्लवले रक्तदान कार्यक्रम आयोजना गर्न लागेको क्लवका अध्यक्ष विकास खत्रीले जानकारी दिएका छन । पूर्ण स्पमा सुरक्षा मापदण्ड अपनाएर रक्तदान कार्यक्रम आयोजना हुने क्लवले जनाएको छ ।

क्लवको भवनमा बिहान ७ बजे शुरु हुने सो कार्यक्रममा एस ई इईमा सफल भएका विद्यार्थीहरुलाई सम्मान पनि गरिने आयोजकले जानकारी दिएको छ।

तपाइँको प्रतिक्रिया ।