मिठाराम केसीको ‘गल्ती नगर’ गीतको भिडियो सार्वजनिक

कपन अनलाइन
काठमाडौं,असोज २२। समाजसेवी, राजनीतिज्ञ तथा गायक मिठाराम केसी (खत्री) को ‘गल्तीनगर’ बोलको गीतको भिडियो  सार्वजनिकभएको छ । गीतको रचना र भाका केसीकै रहेको छ  ।गीतमा संगीत–संयोजन राजु कार्कीको छ । गीतमा केसी र कमला पोखरेलको स्वर रहेको छ ।

कोरोना संक्रमणबाट विश्व आक्रान्त भैरहेको अवस्थामा विदेश गएका युवाहरुलाई स्वदेश फर्कन र शहरमा बसेका युवतीहरुलाई पनि गाउँमै फर्केर कामगर्न प्रेरित गरिएको गीतका रचनाकार तथा गायक केसीले स्पष्ट पारे । भिडियोको सार्वजनिक बुधबार रिपोर्टर्स क्लब नेपालमा एक कार्यक्रमका बीच क्लबका सभापति एवम् प्राईम टाईम्स टेलिभिजनका अध्यक्ष ऋषि धमला, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश बिजीले संयुक्त रूपमा गरेका हुन् ।
भिडियो  विमोचन पश्चात् सम्बोधन गर्दै पत्रकार ऋषि धमलाले गीत राम्रो बनेको भन्दै तारिफ गरे ।उनले भने,‘यो गीत समय सान्दर्भिक छ । युवापुस्तालाई स्वदेशमै केही गर भनेर प्रोत्साहन गरिएको छ ।

म मिठाराम केसीजीलाई हार्दिक बधाई तथाशुभकामनाभन्न चाहन्छु ।’
गीतबारे प्रकाश पार्दै केसीले ‘युवा जति विदेशमा, यस्तो अवस्थामा कोरोनाको कारणले गाउँमा दुवैथरि विदेश र शहरमा भएका युवायुवतीहरु ऋहिले गाउँआएका छन् ।गीतको भिडिओमा केटाकेटी अब गाउँमै बस्ने वाचा देखाईएको छ । केटा मुग्लान नजाने । र, केटी शहर नजाने शर्तमा उनीहरुको प्रेम सम्बन्ध हुन्छ । यो गीतमा सरकार समक्ष पनि युवाहरुलाई स्वदेशमै रोजगारी सिर्जना गर भनिएको छ ।’
भिडिओमा मुख्य अभिनय खासगरी साहुको भूमिकामा कृष्णभक्त महर्जन छन् भने रमेश थापा र आयुष्मा कार्कीको मुख्य अभिनय रहेको छ । र, केटाको आमाको भूमिकामा सञ्चारकर्मी गोमा पाण्डे देखिएकी छिन् ।
भिडिओ फुलचोकी मिडिया मार्फत सार्वजनिक भएको हो ।

कार्यक्रममाराष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालकाअध्यक्ष रमेश बिजीले गीतको प्रशंसा गरे । उनले नेपाल कृषि प्रधान देश भएको तर यहाँका युवाहरु विदेश पलायन हुने होड चलेको उल्लेख गर्दै यो गीतले युवाहरुलाई स्वदेशमै केहीगर्न उत्प्रेरणा भरेको सुनाए । उनले भने,‘यो गीत समय सान्दर्भिक छ । म सबै टिमलाई शुभकामना भन्न चाहन्छु ।’
फूलचोकी कलाकर्मी प्रा.ली र प्राकृतिक कृषि सहकारी संस्था लिमिटेडको संयुक्त प्रस्तुति छ ।विमोचन कार्यक्रममा प्राकृतिक कृषि सहकारी संस्था लिमिटेड सञ्चालक कृष्ण प्रसाद तिमिल्सिनाको पनि उपस्थिति थियो । र, आजको विमोचन कार्यक्रम सञ्चारकर्मी गोमा पाण्डेले सञ्चालन गरेकीहुन् ।

तपाइँको प्रतिक्रिया ।