बुढानिलकण्ठ नगरपालिकामा ६२१ जनाको स्वाब संकलन

बुढानिलकण्ठ नगरपालिकामा ६२१ जनाको स्वाब संकलन

कपन अनलाइन

काठमाडौं ,असोज २२।

बुढानिलकण्ठ नगरपालिकामा एकै दिन  ६२१ जनाको स्वाब संकलन गरिएको छ। नगरपालिकामा कोरोना संक्रमितहरुको शंख्या दैनिक रुपमा बढ्दै गैरहेको समयमा चपली घुम्ती ,वडा नं १० ह्यान्डबल मैदान र चुनिखेलमा स्वाव संकलन गरिएको हो।

असोज २१ गते  नौलिन मा.वि. चुनिखेलमा ८७ जना , वडा नं.१० को ह्यान्डबल ग्राउन्डमा ३११ जना र बूढानीलकण्ठ स्वास्थ्य केन्द्र चपली घुम्तीमा २२३ जना गरि ५३४ जनाको स्वाव संकलन गरिएको थियो।

चपली घुम्तीमा नगरपालिकाको स्वास्थ्य शाखा र वडा नं १० र चुनिखेलमा  सिसिएमसीद्वारा संचालित घुम्ती भ्यानबाट नेपाली सेना र प्रहरीको टोलिले स्वाब संकलन गरेको नगर जनस्वास्थ्य महाशाखा प्रमुख कुमार प्रसाद दाहालले बताएका छन्।

स्वाब संकलनको लागि सिसिएमसी अपरेसन हेल्थ हब काठमाडौंका नेपाली सेना जर्नेल डा. अरुण न्यौपानेले सहयोग पुर्‍याएकोमा आभार व्यक्त गर्दै नगर जनस्वास्थ्य महाशाखा प्रमुख दाहालले पटकपटक धेरै मात्रामा स्वाब संकलन गर्दा नेपाली सेनाको अधी सहयोग रहेको बताएका छन।

स्वाब संकलन गरिएको तीनवटै स्थान लगायत स्वास्थ्य केन्द्र र वडा कार्यालयको प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ प्रसाद सापकोटा सहितको टोलीले निरीक्षण गरेको थियो।

तपाइँको प्रतिक्रिया ।