बागमती प्रदेश सरकारद्वारा रंगशाला निर्माणका लागि धुर्मुस सुन्तली फाउन्डेसनलाइ ३ करोड हस्तान्तरण

बागमती प्रदेश सरकारद्वारा रंगशाला निर्माणका लागि धुर्मुस सुन्तली फाउन्डेसनलाइ ३ करोड हस्तान्तरण

कपन अनलाइन

काठमाडौं ,असोज २१।

बागमती प्रदेश सरकारले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि धुर्मुस सुन्तली फाउन्डेसनलाई ३ करोड रुपैयाँ रकम हस्तान्तरण गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रीपरीषदको कार्यालय हेटौंडामा एक कार्यक्रमका बिच आज मुख्यमन्त्री डोरमणि पौडेलले फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल र उपाध्यक्ष कुन्जना घिमिरेलाई ३ करोड रकमको चेक हस्तान्तरण गरेका छन  ।

कार्यक्रममा बोल्दै धुर्मुस सुन्तलीले उत्साहका साथ गरेको कामको प्रसंसा गर्नुभयो । रंगशाला निर्माणतीब्र गतीमा भएको भन्दै खुशी समेत व्यक्त गर्नुभएको छ । रंगशाला निर्माण परीयोजना छिटो सक्नका लागि शुभकामना दिएका थिए । सरकारले आगामी दिनमा पनि सहयोग जारी राख्ने जानकारी दिदै  रंगशाला निर्माणमा चुनौती धेरै रहेकोले जसरी पनि सफल बनाउनुपर्ने बताउदै आगामी बर्षलाई पनि सरकार छ भन्ने सम्झनका लागि आग्रह गरेका थिए ।
यस्तै कार्यक्रममा बोल्दै सामाजिक बिकास मन्त्री युबराज दुलालले  पनि सरकारका तर्फबाट सहयोग हुने बताउदै परीकल्पना अनुसार सफलता लागि फाउन्डेसनलाई चुनौती पन्छाएर  अगाडि बढ्न सुझाव दिएका थिए  ।

फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेलले सहयोग रकम बुझ्दै  सरकारले सहयोग ग्रहण गर्दै   जग्गा दिएर सुरु गरेको र हाल रकम सहयोग गरेकोमा धन्यवाद दिएका थिए  ।

कट्टेलले  रंगशाला निर्माणमा हाल २ सय ३३ जनशक्तिले काम गरीरहेको जानकारी दिदै अवस्था समस्याजनक भए पनि  हिम्मत नहारेको बताएका थिए  ।

कार्यक्रममा प्रदेशका प्रमुख सचीव डा. मानबहादुर बिक, मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार जे एन थपलिया, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, सामाजिक बिकास मन्त्रालयका सचिव दीपक काफ्ले, कलाकार  कुन्जना घिमिरे  लगायतको उपस्थिति रहेको थियो  ।

तपाइँको प्रतिक्रिया ।