संक्रमणको उच्च जोखिममा बुढानिलकण्ठ नगरपालिका
कपन अनलाइन
काठमाडौं ,असोज २१
बुढानिलकण्ठ नगरपालिकामा कुल संक्रमितको शंख्या ८२० जना पुगेको छ भने ४९७ जनाले कोरोनालाई जितेका छन।अहिले दैनिक रुपमा नगरपालिकामा संक्रमण दर बढ्दै गएको छ भने नगर प्रमुख र धेरै स्वास्थ्यकर्मीहरु समेत संक्रमणको शिकार बनिसकेका छन।
त्यस्तै धेरै जना अग्रमोर्चामा रहेका व्यक्तिहरुमा नै संक्रमण देखिएको छ भने विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुमा पनि कोरोना संक्रमण देखिएको छ।
दैनिक रुपमा कोरोना संक्रमण बढेपछी नगरपालिकाले नियमित प्रदान गर्दै आएका विभिन्न सेवाहरु बन्द गरेर अत्यावस्यक सेवा मात्र संचालन गर्दै आएको छ भने PCR परिक्षणलाई पनि द्रुत गतिमा अगाडी बढाएको छ।
कतिपय स्थानमा बाहिर जिल्ला बाट नगरपालिकामा आएका व्यक्तिहरुको जानकारी घरधनीहरुले लुकाउने , जोखिम समुहमा रहेकाहरुले परिक्षण गर्न आनाकानी गर्ने तथा पूर्ण लापरवाह भएर हिडडुल गर्ने प्रवृतिका कारण बुढानिलकण्ठ नगरपालिकामा संक्रमण दर बढ्दै गएको देखिन्छ।
नगरपालिकाले प्रत्येक घरघरमा स्वयंसेवक बनाउने अभियान संचालन गर्दै सुचना लिन सके यसलाई केहि हदसम्म रोक्न सकिने स्वास्थ्य शाखाका प्रमुख कुमार दाहालले बताएका छन।वडा कार्यालयमा डेस्क स्थापना गरेर हरेक घरमा एकजना स्वयंसेवक तयार गरेर बाहिर बाट आउने व्यक्तिहरुको विवरण लिन सकेमा संक्रमण धेरै जनामा फैलिने खतरा कम हुने दाहालको भनाई रहेको छ।
नगरपालिकाले सुचना जारी गरेर अनुमतिका वारेमा कडा नियम बनाए पनि त्यो सुचनामा मात्र सिमित रहेको र विभिन्न बहानामा त्यसको उल्लंघन भैरहेको तर्फ नगरपालिकाले धयान दिनुपर्ने देखिन्छ।
त्यस्तै नगरवासीलाई आपतकालीन सेवा उपलव्ध गराउनका हेल्प डेस्कलाई प्रभावकारी बनाउदै २४ घन्टे सेवा संचालन गर्नुपर्ने देखिन्छ भने नगरवासीले पनि निकै संवेदनशील भएर नगरको अभियानमा साथ दिनुपर्ने देखिन्छ।