टोखा नगरपालिकामा ६९६ जनाले कोरोनालाई जिते

कपन अनलाइन
काठमाडौं ,असोज २० /नविना श्रेष्ठ
टोखा नगरपालिकामा कोरोना सङ्क्रमित सख्या १०९६ जना पुगेको छ। भने निको हुनेको संख्या ६९६ जना रहेका छन्। हाल सम्मको कोरोना भाइरस (कोभिड-१९) संक्रमित महिला सख्या ४७९ जना रहेको र पुरुष सख्या ६१७ जना रहेका छन्।
हाल सम्म मृत्यु हुनेको संख्या ५ जना रहेका छन्।( कोभिड-१९) कोरोना भाइरस सकृय संक्रमित ३९५ जना रहेको र जस मध्ये होम आइसोलेसनमा ३३७ जना रहेका छन्। भने अस्पतालको आइसोलेसनमा ४८जना रहेको छ। सम्पर्क विहिन भएका संक्रमित सख्या भने १०जना रहेको टोखा न.पा.का मा उपप्रमुख ज्ञान माया डंगोलले जानकारी दिएकी छिन्।
टोखा नगरपालिका असोज १९ गरेको वडा गत विवरण अनुसार संक्रमित महिला सख्या २२ जना रहेको र पुरुष सख्या २४ जना रहेका छन् भने सकृय संक्रमित मध्ये होम आइसोलेसनमा ४२ जना रहेको र अस्पतालमा ३ जना मात्र रहेका छन्। जम्मा थप संक्रमित सख्या ४६ जना पुष्टि भएको छ।
टोखा नगरपालिकामा सबै भन्दा बढी संक्रमित भएको वडा नं ३ रहेको र संक्रमित सख्या १२६ जना रहेका छन्। भने कम संक्रमित वडा नं १मा संक्रमित सख्या २६ जना मात्र रहेका छन्।
हाल सम्मको वडा गत विवरण अनुसार:- वडा नं १मा २६ जना वडा नं २मा ५९ जना वडा नं ३मा १२६ जना वडा नं ४मा ५१ जना वडा नं ५ मा १२१ जना वडा नं ६मा ११७ जना वडा नं ७मा ११९जना वडा नं ८मा १२५ जना वडा नं ९मा ७३ जना वडा नं १०मा ८७ जना वडा नं ११मा ८३ जना अन्यमा १०९ जना रहेका छन्।
CICT Team ले ४६ जना नयाँ थप संक्रमित हरुको case Investigation गरेको छ। टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रमा ४ जना निको भई डिस्चार्ज भएको छ। भने १ जना थप संक्रमित भर्ना भएका छन्। हाल सम्म जम्मा २० जना रहेको छ।
हिजो जम्मा पिसिआर नमुना संकलनमा १९४ जना रहेका छन् । भने पिसिआर परिक्षण गर्नेको संख्या जम्मा ४७६३ जनाले गरिसकेका छन्। Contact tracing मा आएका संक्रमित सख्या भने ३००५ जना पुगेको टोखा नगरपालिका उपप्रमुख ज्ञान माया डंगोलले जानकारी दिएकी छन्।
तपाइँको प्रतिक्रिया ।