बुढानिलकण्ठ -१३ चुनिखेलमा धान काटने मजदुर भित्रीए, काममा नलगाउन वडाको चेतावनी

बुढानिलकण्ठ -१३ चुनिखेलमा धान काटने मजदुर भित्रीए, काममा नलगाउन वडाको चेतावनी

कपन अनलाइन

काठमाडौं ,असोज १९।

बुढानिलकण्ठ -१३ चुनिखेलमा धान काटने मजदुर भित्रीए पछि वडा कार्यालयले सुचना जारी गरेर सो रोक्न घर धनीहरुलाई आग्रह गरेको छ।काठमाडौं उपत्यकामा धान बाली काट्ने समयमा तराई सहित देशका विभिन्न क्षेत्र बाट मजदुर आउने गरे अनुसार यस वर्ष पनि धेरै मजदुर वडामा आएको सुचना प्राप्त गरेको जानकारी दिदै वडा नं १३ ले ति मजदुरलाई शरण नदिन र  काममा नलगाउन  अनुरोध गरेको छ।

कोरोना प्रकोप निकै बढिरहेको र यसमा दुख सहेर भए पनि सावधानी अपनाउनु पर्ने भन्दै वडा नं १३ का अध्यक्ष श्रीकृष्ण श्रेष्ठले  लापरवाही गर्दा आइपर्ने खतराजन्य परिस्थितिको जिम्मेवार आफै हुनुपर्ने बताएका छन।

तपाइँको प्रतिक्रिया ।