त्रिवेणी ग्रुपको अमृत सूर्यमुखी तेल विक्रिमा मेलम्ची नगरपालिकाले रोक लगायो

त्रिवेणी ग्रुपको अमृत सूर्यमुखी तेल विक्रिमा मेलम्ची नगरपालिकाले रोक लगायो

कपन अनलाइन

काठमाडौं ,असोज १९ ।

त्रिवेणी ग्रुपको अमृत सूर्यमुखी तेल विक्रिमा मेलम्ची नगरपालिकाले रोक लगाएको छ । मेलम्ची नगरपालिकामा बजार अनुगमनको क्रममा सो तेलको ५४ नं ब्याचको प्याकेटमा मुसा जस्तै देखिने कुहिएको बस्तु र किरा भेटिए पछि विक्री वितरणमा रोक लगाइएको मेलम्ची नगरपालिकाकी उपप्रमुख भगवती नेपालले जारी गरेको सुचनामा उल्लेख गरिएको छ ।

बजार अनुगमन समितिको बैठकले सो तेल विक्री गरेमा उपभोक्ता हित संरक्षण ऐन २०७५ अनुसार कारवाही हुने चेतावनी समेत दिएको छ ।

तपाइँको प्रतिक्रिया ।