काठमाडौं महानगरपालिकालाई ११ सय पीपीई सहयोग
कपन अनलाइन
काठमाडौं ,असोज १८।
आपतकालीन प्रतिकार्य कार्ययोजनाअन्तर्गत बिभिन्न संघ संस्था मिलेर काठमाडौं महानगरपालिकालाई ११ सय थान व्यक्तिगत सुरक्षा उपकरण प्रदान गरेका छन् ।
आज राष्ट्रिय सभा गृहमा संघसंस्थाहरुकोतर्फबाट महिला एकता समाजले महानगरका प्रमुख बिद्यासुन्दर शाक्यलाई सामाग्री हस्तान्तरण गरेका हुन् । सामाग्रीको प्रतिसेट मुृल्य १ हजार ७१७ रुपैयाँ ६० पैसा हो । सामाग्री पुन प्रयोग गर्न मिल्ने खालका छन् ।
एचबिसिसि, युकेएड, युनिलिभर, एक्सन एड र महिला एकता समाज यसका साझेदार हुन् ।
त्यस अवसरमा बोल्दै महानगरका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालले भने , सबैको प्रयासमा महामारी नियन्त्रण गर्न सकिने धारणा राख्नुभयो । यही आकांक्षा राखेर संघ संस्थाबाट प्राप्त भएको सुरक्षा सामाग्री कोभिड नियन्त्रणका लागि अग्रपङ्तिमा खटिने स्वास्थ्यकर्मीलाई दिइने उनको भनाइ थियो ।फोटो सौजन्य : काठमाडौं अनलाइन