भुगोलको राजनीतिमा युवाको भुमिका हुदैन र ?

भुगोलको राजनीतिमा युवाको भुमिका हुदैन र ?
कपन अनलाइन
काठमाडौं ,असोज १५/दिपु बस्नेत
 काठमाडौ वा समग्र आ-आफ्नो भुगोलको राजनीतिमा चलाएमान सक्रिय युवा कार्यकर्ताहरुको, पछिल्लो समय राजनैतिक र साङ्गठानिक जिम्मेवारी बाट अधिकान्स युवा जमातलाइ टाढा राखिएको छ। सन्दर्भ चाहे बुढानिलकण्ठ नगरपालिकाको ,क्षेत्र न.५   क्षेत्र न.४ वा काठमाडौंका सबै क्षेत्रहरुमा युवाहरुलाई उचित र प्रभावशाली भूमिका दिएको देखिदैन।
जब जब सङ्गठन हरु चलाएमान हुदैनन तब तब पार्टी कमजोर हुन्छ र जब जब पार्टीले सरकारको नेतृत्व गर्छ त्यो बेला पनि पार्टीले सङ्गठनलाई त्यति धेरै सक्रिय बनाउन सकेको पाइदैन ।
कोहि युवा रोजगारी ,कोहि युवा व्यवसाय कोहि नियुक्तिको पछि लागेका हुन्छ्न ,त्यो पार्टीका नेताहरुले राम्ररी बुझेका हुन्छन तर केही युवाहरु जिम्मेवारी -साङ्गठानिक अवसर र चुनौतीको पनि प्रतीक्षा गरिरहेका हुन्छ्न ।
चुनाब नजिकिदा माइकिङ्ग गर्ने जुलुस जम्मा गर्ने,बाइक र्याली गर्ने,झण्डा बोक्ने वर्गीकरणमा मात्र युवालाइ प्रयोग गरिदा धेरै भुगोलमा युवाको बौद्धिक क्षमताको कदर नभएको पाइदै आएको छ ।
नेतृत्वले आफुले जानेको बाजा मात्र बजाउने अनि कार्यकर्तालाइ वाक्क बनाउने भन्दा पनि कुन समय र परिस्थितिमा कुन धुन बजाउदा उचित हुन्छ भनेर ग्राउण्ड लेभलमा पनि अध्ययन गर्नु पर्छ जस्तो लाग्छ । नत्र हजारौं लाखौं युवा जमात आउने भाबी दिनमा राजैतिक कृयाकलाबाट दिक्क भएर न्युट्रल नहोलान भन्न सकिन्न।
वर्तमान समयमा युवाहरु शिक्षक बनेर पढाउने काममा लाग्न र राजनैतिक कार्यमा सक्रिय बन्न अति नै कम रुचाएको पाइएको छ जस्ले गर्दा निर्णायक बन्नु पर्ने आन्दोलन र अभियानहरु युवाको कम सहभागीताले फितलो बन्दै गएका छन । जारी नेतृत्वले आफू भन्दा सानो पुस्तालाइ युवा पुस्ता सम्झिनु र त्यो पुस्ताले वास्तविक युवा पुस्तालाइ शिशु पुस्ता सम्झिनु नै खराब गणना बन्न पुगेको छ ।
भुगोलको राजनीतिमा त्याग तपस्या गरेका युवा पुस्ता र राजनीति बुझ्न चाहने नव -आगन्तुक युवा पुस्ता बारे सोचियोस,अध्ययन गरियोस,युवालाइ सम्बोधन गरियोस ।
तपाइँको प्रतिक्रिया ।