जनप्रतिनिधि सहित लिखु किनारमा सांसद यज्ञराज सुनुवार

जनप्रतिनिधि सहित लिखु किनारमा सांसद यज्ञराज सुनुवार

कपन अनलाइन

काठमाडौं ,असोज १५।

ओखलढुंगा जिल्ला बाट निर्वाचित प्रतिनिधि सभा सदस्य यज्ञराज सुनुवार सहितको टोलि अहिले लिखु एकवार सडक निरीक्षणमा रहेको छ।ओखलढुंगा जिल्लाको विकासमा मेरुदण्डका रुपमा भूमिका खेल्ने तिन एकवार मध्ये एक लिखु एकवार सडकको निर्माणलाई प्राथमिकतामा राखेका सुनुवार सो सडक निरीक्षणमा जनप्रतिनिधि र प्राविधिक सहित पुगेका हुन।

ओखलढुंगा जिल्ला प्रदेस क्षेत्र २ बाट निर्वाचित प्रदेस सभा सदस्य मोहन खड्का ,नेकपाका नेता नानी बाबु बुढाथोकी ,लिखु गाउँ पालीका अध्यक्ष गोविन्द पौडेल, हर्कपुर सडक डिभिजनका डि. इ. अरुण कर्ण सहित निरीक्षणमा पुगेका सांसद सुनुवारले सो एकवारका विभिन्न खण्डको अवलोकन गर्दै निर्माणको क्रममा आएका समस्याहरुका वारेमा छलफल पनि गरेका थिए।

उक्त निरीक्षणका क्रममा  चमेरे (दत्रुङे) मा पुगेर ३ बर्ष देखि रोकिएको बाटो र  लिखु एकवारको साँघुटार – नौबिसे सिल्खु हुँदै नवलपुर जोडिने सडक निर्माणमा देखिएका समस्याहरुका वारेमा छलफल गर्नुका साथै समाधानका लागि स्थानीय र जनप्रतिनिधिहरुले निर्वाह गर्नुपर्ने भूमिकाका वारेमा पनि छलफल भएको थियो।

ओखलढुंगा जिल्लाको पश्चिम भेगको विकासमा कोशेढुंगाका रुपमा रहेको तराई र लेक जोड्ने लिखु एकवार सडकको  निरीक्षणमा लिखु गाउँपालिका उपप्रमुख  शान्ता ढुंगेल स,नेकपा चम्पादेवीका अध्यक्ष खड्ग बहादुर कार्की ,वडा अध्यक्ष कुमार सुबेदी, रामहरि बुढाथोकी लगायत सहभागी रहेका थिए।

 

 

तपाइँको प्रतिक्रिया ।