उपप्रधानमन्त्री ईश्वर पोखरेल र नेपालका लागि संयुक्त अरब इमिरेट्सका राजदूत विच शिष्टाचार भेट
कपन अनलाइन
काठमाडौं ,असोज १४।
नेपाल सरकारका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल र नेपालका लागि संयुक्त अरब इमिरेट्सका राजदूत सइद हम्दान अल नक्वी ( Saeed Hamdan Al-Naqbi) विच शिष्टाचार भेट भएको छ ।
उपप्रधानमन्त्री पोखरेलले राजदुत नक्वीलाई स्वागत गर्दै नेपाल र संयुक्त अरब इमिरेट्सबीच लामो समयदेखि रहेको घनिष्ठ एवं मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा अझ फराकिलो र गहिरो बन्दै जाने विश्वास व्यक्त गरेका थिए।
भेटघाटको क्रममा उपप्रधानमन्त्री पोखरेलले संयुक्त अरब इमिरेट्समा ठूलो संख्यामा नेपाली कामदारहरू रहेको कुरा उल्लेख गर्दै COVID 19 को महामारीमा नेपाली श्रमिकप्रति संयुक्त अरव इमिरेट्सले देखाएको सद्भभावको सह्नाना गर्दै आगामी दिनमा पनि निरन्तर रहने आशा व्यक्त गरेका थिए ।
संयुक्त अरब इमिरेट्सका राजदूत Saeed Hamdan Al-Naqbi ले संयुक्त अरब इमिरेट्स र नेपाल लामो समयदेखि अत्यन्त असल मित्रको रूपमा रहेको चर्चा गर्दै संयुक्त अरब इमिरेट्सका लगानीकर्ताहरू नेपालमा जलविद्युत, पर्यटन तथा कृषिमा आधरित उद्योग लगायतका क्षेत्रहरुमा लगानी गर्न इच्छुक रहेको बताएका थिए ।
संयुक्त अरब इमिरेट्समा ठुलो संख्यामा नेपाली कामदारहरू रहेको र तिनले हालका दिनमा सुरक्षा¸ निर्माण तथा सेवा क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याइरहेको कुरा व्यक्त गर्दै उनले नेपाली श्रमिकहरूको उचित व्यवस्थापनका लागि नेपालसँग सहकार्य गर्न आफ्नो सरकार सकारात्मक रहेको धारणा व्यक्त गरेका थिए।
तपाइँको प्रतिक्रिया ।