काठमाडौं- ३० मैतीदेवीमा राजकुलो अतिक्रमण गरि बनाइएका संरचना भत्काइयो

कपन अनलाइन

काठमाडौं ,असोज १४ ।

काठमाडौं महानगरपालिका वडा नं ३० मैतीदेवी मन्दिर पछाडी राजकुलो अतिक्रमण गरेर बनाइएका संरचना हटाइएको छ। स्थानीयहरुको उजुरीका आधारमा    महानगरपालिकाले मंगलबार राजधानीको मैतीदेवी मन्दिरको पछाडि रहेको राजकुलोको सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका भौतिक संरचनाहरू पूर्ण रूपमा नष्ट गरेको हो।

महानगरपालिकाका प्रहरी प्रमुख धनपति सापकोटाको नेतृत्वमा गएको प्रहरी टोलीले अतिक्रमण हटाएर जग्गा खाली गरेको थियो। काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालले राजधानीका अन्य स्थानमा पनि सार्वजनिक जग्गामा भएको अतिक्रमण हटाइने बताउदै  स्थानीयको उजुरीका आधारमा सार्वजनिक जग्गामा भएको अतिक्रमण हटाउने कार्यलाई तीव्रता दिइएको बताएका छन  ।

यसअघि काठमाडौं महानगरपालिकाले सुन्धाराको धरहरा क्षेत्र, बौद्ध तथा स्वयम्भू र अनामनगरक्षेत्रमा भएको अतिक्रमण हटाएको थियो ।

तपाइँको प्रतिक्रिया ।