Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2020/09/120571339_387085335629716_1612911368344798777_n.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2020/09/120422178_319624186005014_3960865658707985787_n.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

कागेश्वरी मनोहरा नगरपालिकामा घर पालुवा र सामुदायिक कुकुर बिरालोहरुलाई नि:शुल्क रेबिज खोप अभियान संचालन

कपन अनलाइन

काठमाडौं ,असोज १३ । “प्राणघातक रेविज रोग बाट बाँचौ र बचाऔं” भन्ने मूल नाराको साथमा कागेश्वरी मनोहरा नगरपालिका पशु सेवा शाखा द्वारा विश्व रेबिज दिवसको अवसरमा नगर भित्रका घर पालुवा  वा सामुदायिक कुकुर बिरालोहरुलाई निशुल्क रेबिज भ्याक्सिन लगाउने कार्यक्रम शुरुवात गरेको छ ।

जस अन्तरगत २०७७ साल असोज ११ गते नगरपालिकाको प्राङ्गण बाट उक्त कार्यक्रमको नगर प्रमुख कृष्णहरि थापाको उपस्थितिमा शुरु गरिएको थियो। एक साता सम्म चल्ने उक्त कार्यक्रममा असोज ११ गते सय वटा  घर पालुवा  वा सामुदायिक कुकुर बिरालोहरुलाई निशुल्क रेबिज बिरुद्दको खोप लगाइएको पशु स्वास्थ्य शाखाका रामेश्वर फुयालले जानकारी गराए त्यसै गरि उनले असोज १२ गते  आलापोट स्थित कृष्ण चौरमा पनि सय वटा घर पालुवा  वा सामुदायिक कुकुर बिरालोहरुलाई रेबिज खोप लगाइएको जानकारी दिदै असोज १३ गते आज गागलफेदी स्थित वडा कार्यलयमा सो बिरुद्द खोप लगाइने बताए त्यसै अन्य दिन कागेश्वरी मनोहरा नगरपालिका को पशु सेवा शाखा बाट  खोप लगाइने भएकोले आफुले पालेको र सामुदायिक कुकुर बिरालोलाइ  रेबिज भ्याक्सिनेशन गराउनको  लागि अनुरोध गरेका छन् ।

रेबिज विरुद्ध पहिलो पल्ट प्रभावकारी खोपको विकास गर्ने वैज्ञानिक लुइस पाश्चरको निधन भएको दिन सेप्टेम्बर २८ लाई स्मरण गर्दै हरेक वर्ष रेबिज दिवस मनाउने गरिएको छ।रेबिज रोग, रेबिज लागेका कुकुर, स्याल, बिरालो लगायतका पशुको टोकाइबाट मानिस र अरु स्तनधारी प्राणीमा सर्ने प्राणघातक रोग हो ।रोगका जिवाणुहरु रोगी पशुको र्‍यालमा रहने भएकाले त्यस्ता पशुले टोक्दा घाउसगै मानिसको शरीरमा प्रवेश गरी रोग उत्पन्न गर्छन् । रेबिज प्राणघातक रोग भएकाले रोगबाट जोगिन खोप लिनै पर्ने तथा बौलाहा हो भन्ने शंका लागेका पशुले टोके तत्काल साबुन पानीले धुने जस्ता रोकथामका उपाय अपनाउनुपर्ने चिकित्सकको सुझाव रहेको छ ।

तपाइँको प्रतिक्रिया ।