सुशासन र समृद्धिका लागि संचार अभियानका प्रशिक्षार्थीहरुलाई तिन दिने स्वतन्त्र लेखन तालिम

सुशासन र समृद्धिका लागि संचार अभियानका प्रशिक्षार्थीहरुलाई तिन दिने स्वतन्त्र लेखन तालिम

कपन अनलाइन

काठमाडौं ,असोज १२।

मदन भण्डारी फाउन्डेसन काठमाडौंको आयोजनमा भैरहेको सुशासन र समृद्धिका लागि संचार अभियानका प्रशिक्षार्थी पत्रकारहरुलाई स्वतन्त्र लेखन सम्बन्धि तालिम प्रदान गरिएको छ। सो अभियान अन्तर्गत बुढानिलकण्ठ ,टोखा र तारकेश्वर नगरपालिका बाट सात दिने पत्रकारिता तालिममा सहभागी रहेका प्रशिक्षार्थी पत्रकारहरुलाई लेखन शिप र कलाको विकासका लागि थप तिन दिन तालिम प्रदान गरिएको मदन भण्डारी फाउन्डेसनका काठमाडौं जिल्ला अध्यक्ष दिपक निरौलाले जानकारी दिएका छन।

काठमाडौं जिल्लाका ११ वटै स्थानीय तहका १३८ वटा वडा बाट प्रतिनिधित्व हुनेगरी सहभागी छनौट गरेर संचालन गरिने  सो पत्रकारिता तालिममा पत्रकारिता र लेखनमा रुची भएका २० देखि २५ वर्षका युवा युवतीहरुको  सहभागिता रहने छ।

स्थानीय तहमा भएका कामहरुको प्रचार ,सम्पदा र सम्पतिको प्रवर्धन र जनप्रतिनिधिहरुको संचार कार्यमा सहयोग गर्ने जनशक्ति स्थानीय स्तरमै उत्पादन गर्ने उदेस्यले संचालन गरिएको सो तालिममा गर्न डा. कुन्दन अर्याल, प्रा.डा. प्रेम सागर चापागाईं, अमर ध्वज लामा, घनश्याम कोइराला, यशोदा अधिकारी, किरण अधिकारी लगायतले युवाहरुलाई स्वतन्त्र लेखन सम्बन्धि प्रशिक्षण दिएका थिए।

सुशासन र समृद्धिका लागि संचार अभियान अन्तर्गत पहिलो चरणमा तिन नगरपालिकाको तालिम सम्पन्न गरिएको जानकारी दिदै मदन भण्डारी फाउन्डेसनकी केन्द्रिय सचिव पेम्बा लामाले प्रशिक्षार्थीहरुलाई सात दिन आधारभूत पत्रकारिता ,तिन दिन स्वतन्त्र लेखन र ९० दिन स्थलगत अभ्यास गराउने जानकारी दिएकी छन।

यस अभियान अन्तर्गत दोश्रो चरणमा दक्षिणकाली ,चन्द्रागिरी,किर्तिपुर,काठमाडौं महानगरपालिका र नागार्जुन नगरपालिकाका प्रशिक्षार्थी पत्रकारहरुलाई तालिम प्रदान गरिने जानकारी दिदै फाउन्डेसन काठमाडौंका अध्यक्ष दिपक निरौलाले तेश्रो चरणमा गोकर्णेश्वर ,कागेश्वरी र शंखरापुर नगरपालिकाका सहभागीहरुलाई तालिम दिने बताएका छन।

 

 

 

तपाइँको प्रतिक्रिया ।