यो बर्षको चाड : ओमप्रसाद कोइराला (कविता )
कपन अनलाइन
काठमाडौं ,असोज १२।
यो बर्ष खै सुखद हुन्छ कसोरी चाड
फैलेर रोग म त देख्छु सधै उजाड
संसारमा कहिंकतै पनि छैन हर्ष
यस्तै भएर सतहत्तर साल टर्छ ।
नौलो कुरा कहिं कतै पनि देखिएन
उल्लासको सुभ प्रभा अब भेटिएन
भेटौं भने कठिन हुन्छ नि दाजुभाइ
आरोग्य हुन्छ कसरी भनिद्यौ मलाई
पूरा गरी नसकिने बहुतै छ काम
आराम पूर्वक बसे बनिदै हराम
के हुन्छ मानिस डराइ रहेछ आज
देखिन्छ त्रासमय छक्क परी समाज ।
टारेर टर्छर कहाँ कति छन् अभाव
संसारमा सफल पार्न सकौं प्रभाव
विलाप गर्छ जसले तर क्यै हुदैन
दिमाग बेगर खटेर हुँदै हुँदैन ।
कस्को छ यो मुलुकमा उपकार ऐले
सोचेर काम गर बेश हुनेछ ऐले
मानेर हुन्न दुख दर्द गरे सुधारु
यो बर्षको सुखद हुन्छ कि हुन्न चाड ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
