कोरोना भाइरस : बेनि थापा (कविता )
कपन अनलाइन
काठमाडौं ,असोज १२।
आत्तिनु पनि हुन्न यो सँग कतै के के हुने हो भने
होसियार भयौ सबै यदि भने बचिन्छ पक्कै पनि
भड्किलो गरि धेर पर्व कनता गर्दै नगरौ कवै
ठुलो भिड पनि नगरौ अहिले सर्वत्र बर्चित छ है ।।
यो बिश्वभरि चम्किदै छ अहिले आधी तुफानै सरि
चिनमा धेर कमि भयो रे अबता त्यो भयो कसो गरि
कसरी रोकियो चिनमा कोरोना बुज्नु परेको छ है
चिनका डाक्टर नर्सहरू संगता सोध्नु परेको छ है ।।
त्राहि त्राहि बनाउदै मनुजमा घुम्दै छ यो रोग पनि
घर घर खोज गरेर मानवहरू खोज्दैन कहिले पनि
यस्को चाल चलन नबुझे झै गरि गरि हामी घुमेमा कतै
धेरै मानिसको त संगत पनि गर्दै नगरौ कतै ।।
रोग लागेर र दबाई गर्नु पर्दा लाग्दै न लाग्योस भनी
यस्तो कोसिस गर्नु बेश पनि हो हामी सबैले पििन
दोहन यो धरनी धरा अति हुदा यस्तो भएको छ कि
धेरै भार हुदा भनौ पृथ्वीमा संम्हार हुँदै पो छ कि ।।
काम धन्दा नभएर खान नपुगी चोरी डकैतीहरू
सारा भूमीमा घरै घर भए अन्नादी कहाँ अरू
हरियो वन फेरि पाखो पखेरो मास्दै छ मान्छेहरू
प्रारूप यो भूमीको सबै क्षय हुदाँ बढ्दै छ प्रकोपहरू ।।
सहकार्य : बानेश्वर साहित्यिक साप्ताहिक
