बुढानीलकण्ठ नगरपालिकामा ४० जना कोरोना संक्रमित थपिए
कपन अनलाइन
काठमाडौं ,असोज ११।
बुढानीलकण्ठ नगरपालिकामा असोज १० र ११ गते ४० संक्रमित थपिएका छन। असोज १० र ११ गते थपिएका संक्रमितहरुमा वडा नं ३ बाट एकजना, ४ बाट एकजना, ७ बाट दुईजना, ८ बाट छजना, ९ बाट पाँचजना, १० बाट १३ जना, ११ एकजना र १२ बाट नौ जना रहेका छन्।
संक्रमितहरुको वडागत विवरणः
वडा नं ३ – पार्क भिलेज रिसोर्ट नजिकका ३१ वर्षिय एक पुरुष
वडा नं ४- पासिकोटका २५ वर्षिय एक महिला
वडा नं ७- ईण्डिगो हाउस नजिकका ७१ वर्षिय एक पुरुष र गोल्फुटारका १० वर्षिय एक बालिका
वडा नं ८- पेट्रोल पम्प नजिकका ७१ वर्षिया एक महिला, माइक्रोबस स्टेसन नजिकका ५१ वर्षिय एक पुरुष, भंगालका ३१, २९, २६ वर्षिय तीनजना पुरुष र ३३ वर्षिय एक महिला
वडा नं ९- ओम कोलोनीबाट २९ वर्षिया एक महिला, मण्डिकाटारबाट ३३ वर्षिया एक पुरुष, २१ वर्षिया एक महिला, ९ वर्षिया एक बालक, १५ वर्षिया एक महिला, ३९ वर्षिया एक महिला
वडा नं १०- पञ्चकुमारी मन्दिर ४४ एक महिला, कपनका ४२ वर्षिय एक पुरुष, कपन चौकीका २९ वर्षिय एक महिला, बालुवाखानी ५० वर्षिय एक महिला, निखिलेश्वर मन्दिर नजिकका ३२ वर्षिय एक महिला, बालुवाखनीका २३ वर्षिय एक महिला मिलनचोकका ३७, ३४, ५७, ३४, १८ वर्षिय महिला र १२ वर्षिया एक पुरुष
वडा नं ११ – वडा कार्यालय नजिकका २७ वर्षिया एक पुरुष
वडा नं १२- निखिलेश्वर मन्दिर नजिकैका ५१ वर्षिय एक पुरुष, मस्कान चोकका १३, १८, ४५ वर्षिय तीन पुरुष, दुर्गा मन्दिरका २६ वर्षिया एक महिला, बालकुमारी टोलका ७ वर्षिया एक बालक, २३ वर्षिया एक पुरुष, ७२ वर्षिया एक पुरुष, ६० वर्षिया एक महिला, संगम चोकबाट २९ वर्षिय एक महिला
असोज ८ गतेका दिन बूढानीलकण्ठ नगरपालिकाको वडा नं ११ को कार्यालय कपन र बूढानीलकण्ठ स्वास्थ्य चौकीमा गरि क्रमशः १२९ र १३३ जना गरि कुल २५२ जना कन्ट्याक्ट ट्रेसिङ्गमा परेकाहरु गरि स्वाब संकलन गरिएको थियो। परिक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएका मध्ये १९८ जनाको नतिजा नेगेटिभ र २९ जनाको नतिजा पोजिटिभ प्राप्त भएको हो। साथै २५ जना व्यक्तिहरुको नतिजा प्राप्त हुन बाँकी रहेको नगरपालिकाको जनस्वास्थ्य शाखाले जानकारी दिएको छ ।
