मानव अधिकार तथा शान्ति समाजले ११ जना श्रष्टाहरुलाई सम्मान गर्ने
कपन अनलाइन
काठमाडौं ,असोज ८ ।
श्रष्टा सम्मान अभियान अन्तर्गत मानव अधिकार तथा शान्ति समाजले ११ जना श्रष्टाहरुलाई सम्मान गर्ने भएको छ। यस क्रममा वर्ष २०७७ सालको कृष्णकुमारी दाहाल शान्ति श्रष्टा सम्मान अशेष मल्ललाई, पवित्रादेवी चौलागाई मानव अधिकार श्रष्टा सम्मान आहुति (विश्वभक्त दुलाल)लाई, राधादेवी दाहाल सद्भाव श्रष्टा सम्मान नीलम कार्की निहारिकालाई, चन्द्रकला खनाल अहिंसा श्रष्टा सम्मान व्याकुल माइला (प्रदीपकुमार राई) लाई, ज्ञानप्रसाद खनाल सहिष्णुता श्रष्टा सम्मान प्रमोद प्रधानलाई र महाप्रसाद रिजाल लोकतन्त्र श्रष्टा सम्मान गोविन्दराज विनोदीलाई प्रदान गर्ने निर्णय गरिएको छ ।
यसैगरी जोगमाया बराल श्रष्टा सौगात ज्ञानुवाकर पौडेललाई, राधादेवी दाहाल श्रष्टा सौगात श्रेष्ठ प्रिया पत्थरलाई, भुमीप्रसाद बराल श्रष्टा सौगात वसन्ती शाहीलाई, श्रीप्रसाद दाहाल श्रष्टा सौगात बालिका चौधरीलाई, श्रीनारायण दाहाल श्रष्टा सौगात रेणु गुप्तालाई प्रदान गर्ने निर्णय गरिएको छ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तिका दिन विशेष कार्यक्रम आयोजना गरि जनही रु २० हजार पुरस्कार राशीसहित पुरस्कृत श्रष्टाहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको संस्थाले जानकारी दिएको छ ।