रास्ट्रिय खेलकुद परिषद (राखेपका ) कर्मचारीहरुको जिम्मेवारी हेरफेर
कपन अनलाइन
काठमाडौं, असोज २।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा कार्यरत ४ कर्मचारीको जिम्मेवारी हेरफेर गरिएको छ । भदौ ३१ गतेको निर्णयानुसार जिम्मेवारी हेरफेर गरिएको हो ।
आपूर्ति तथा भण्डार शाखाका प्रमुख वज्र केसीलाई विद्यालय खेलकुद विकास विभागको जिम्मेवारी दिइएको छ । सुजन खतिवडालाई भण्डार शाखा प्रमुखको जिम्मेवारी दिइएको छ । उनी यसअघि पनि भण्डार शाखामै थिए ।
इन्द्रबहादुर कार्की संघ संस्था समन्वय शाखा प्रमुख बनेका छन् । कार्की १३ औं दक्षिण एसियाली खेलकुद तयारी सचिववलयमा थिए । उक्त शाखाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठ गत भदौमा अनिवार्य अवकाश भएपछि प्रमुखको पद रिक्त थियो ।
त्यस्तै शारदा दाहालले सामान्य प्रशासन शाखाको प्रमुखको जिम्मेवारी पाएकी छिन् । उनी पनि सोही शाखामा थिइन् । सामान्यका प्रमुख लवभक्त श्रेष्ठले गत असारमा राजीनामा दिएपछि पद खाली थियो । केसी २०४५ साल तथा बाँकी २०५३ सालमा परिषद् सेवामा प्रवेश गरेका थिए ।
राखेपका सदस्य–सचिव रमेशकुमार सिलवालले बिहीबार पत्र हस्तान्तरण गर्दै पाएको जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन ।