गोकर्णेश्वर नगरपालिका वडा नं ७ ले आइतबार तरकारीको बेर्ना वितरण गर्ने

गोकर्णेश्वर नगरपालिका वडा नं ७ ले आइतबार तरकारीको बेर्ना वितरण गर्ने

कपन अनलाइन

काठमाडौँ,असोज १ ।गोकर्णेश्वर नगरपालिका वडा नं ७ ले तरकारीको बेर्ना  वितरण गर्ने भएको छ ।यस अघि हिउदे सिजनका लागि बिभिन्न तरकारीको बिउ भएको मिनिकिट वितरण गरेको वडाले तरकारीको बेर्ना वितरण गर्न लागेको हो । वडाले सो सम्बन्धि सार्वजनिक सुचना समेत प्रकाशित  गरेको छ ।

उक्त सुचनामा गोकर्णेश्वर नगरपालिका वडा नं ७ ले  गोकर्णेश्वर नगरपालिका बाट प्राप्त हुने काउली र बन्दा को बेर्ना २०७७ साल असोज ४ गते आइतबार सामाजिक दुरी कायम गर्दै वडा कार्यलय बाट बितरण गरिने उल्लेख गरिएको छ । साथै सो सुचनामा  वडामा बसोबास गर्ने वडा बासीले आफ्नो नागरिकता प्रमाण पत्रको फोटोकपि सहित सम्पर्क गर्न समेत उक्त सुचना मार्फत जानकारी गराएको छ ।

तपाइँको प्रतिक्रिया ।