टोखा नगरपालिकाको प्रशासकीय भवन निर्माण शुरु

टोखा नगरपालिकाको प्रशासकीय भवन निर्माण शुरु

कपन अनलाइन

काठमाडौं ,असोज १/शोभा तामाङ

टोखा नगरपालिकाको प्रशासकीय भवन निर्माण शुरु भएको छ। टोखा नगरपालिकाले मैजुहिटी स्थित आफ्नो कार्यालय हाता भित्र रहेको नापिशाखा लगायतको अस्थायी टहराहरु हटाएर नयाँ भवन निर्माण शुरु गरेको छ । सो भत्काइएका संरचनाहरु नयाँ स्थानमा स्थापना गरि कार्य संचालन गरिने भएको छ।

टोखा नगरपालिका तथा जिल्ला समन्वय समिति काठमाडौंको आर्थिक लागतमा निर्माण गरिने उक्त भवनको लागि विनियोजित रकम रु. ११,०९,८७,५०९.३१ ।– (भ्याट बाहेक) रहेको छ। उक्त भवन निर्माणको ठेक्का शृङ्खला निर्माण सेवा नुवाकोटले अघिल्लो वर्ष माघ २२ मा  प्राप्त  गरेको थियो।

नगरपालिकाको भवन निर्माण २०७८ माघ २१ गतेसम्म निर्माण सम्पन्न गरिसक्नु पर्ने सम्झौता भएको  नगर प्रमुख प्रकाश अधिकारीले जानकारी दिएका  छन  ।

(शोभा तामाङ सुशासन र समृद्धिका लागि संचार अभियानकी प्रशिक्षार्थी पत्रकार हुन् )

तपाइँको प्रतिक्रिया ।