प्रशिक्षार्थी पत्रकारहरु संग टोखा नगरपालिकाको अन्तरक्रिया

प्रशिक्षार्थी पत्रकारहरु संग टोखा नगरपालिकाको अन्तरक्रिया

कपन अनलाइन

काठमाडौं ,असोज १ /जय न्यौपाने

सुशासन र समृद्धिका लागि संचार अभियानका प्रशिक्षार्थी पत्रकारहरु संग टोखा नगरपालिकाले अन्तरक्रिया गरेको छ।  बागमती प्रदेसका प्रदेस सभा सदस्य दिपक निरौला ,टोखा नगरपालिकाका  प्रमुख प्रकास अधिकार ,उप प्रमुख ज्ञानमाया डंगोल , प्रशासकीय अधिकृत प्रदिप पौडेल र नगर प्रवक्ता बच्चुराम बस्याल  लगायतको उपस्थितिमा भएको अन्तरक्रियामा कोरोना संक्रमण नियन्त्रण र रोकथाम , नगरपालिकाका विकास निर्माणका गतिविधि र अन्य विविध विषयमा छलफल गरिएको थियो।

सो अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रदेस सभा सदस्य निरौलाले  नगरपालिकाले गरेका काम र अभियानलाई संचार माध्यम मार्फत प्रचार र प्रवर्धन गर्नका लागि हरेक वडामा संचारकर्मी उत्पादन गरेको बताउदै उनीहरुको परिचालन  गर्न सकेमा नगरपालिकालाई फाइदा पुग्ने बताएका थिए।

त्यस्तै नगरप्रमुख प्रकास अधिकारीले टोखा नगरपालिकाले कोरोना प्रकोप नियन्त्रण र रोकथाम अभियानको वारेमा जानकारी दिदै यस विचमा संचार माध्यमहरुले प्रकासन गरेका समाचारले अझै काम गर्ने हौशला प्रदान गरेको बताएका थिए।  सो अवसरमा नगरप्रमुख अधिकारीले प्रकोप नियन्त्रण अभियान संगै विकास निर्माण र अन्य कार्यक्रमहरुलाई पनि प्राथमिकतामा राखेर अगाडी बढाएको बताउदै केवल कन्ट्रयाक्ट ट्रेसिंगको मात्र भर नपरी नगरपालिकाले अभियान नै बनाएर संक्रमितहरुको खोजि गरेको जानकारी दिएका थिए ।

त्यस्तै अन्तरक्रियामा आफ्नो धारणा राख्दै उपप्रमुख ज्ञानमाया डंगोलले संक्रमितहरुलाई पोषण भत्ता ,स्वास्थ्य सामाग्री वितरण र आइसोलेसन केन्द्र स्थापना र संचालन लगायतका गतिविधि गरेको जानकारी दिदै नगरपालिकाले संचालन गरेको संक्रमित भेटघाट तथा परामर्श अभियान निकै सफल बनेको बताएकी थिइन् ।

(जय न्यौपाने सुशासन र समृद्धिका लागि संचार अभियानका प्रशिक्षार्थी पत्रकार हुन् )

 

 

 

 

तपाइँको प्रतिक्रिया ।