टोखा नगरपालिका -५ मा लायन्स क्लव अफ आरम्भ देउराली र दियालो देउरालीको रक्तदान कार्यक्रम सम्पन्न

टोखा नगरपालिका -५ मा लायन्स क्लव अफ आरम्भ देउराली र दियालो देउरालीको रक्तदान कार्यक्रम सम्पन्न

कपन अनलाइन

काठमाडौं ,भाद्र ३१ /शोभा तामाङ

लायन्स क्लव अफ आरम्भ देउराली र दियालो देउरालीको संयुक्त आयोजनामा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बुधबार टोखा नगरपालिका वडा नंं ५ को दियालो फुडल्याण्डमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ६० जनाले रक्तदान गरेका छन् ।

दिउँसो ११ः०० बाट सुरु गरिएको रुक्तदान कार्यक्रममा टोखा नगरपालिका वडा नं. ५ का अध्यक्ष जगन्नाथ ढकाल सहित वडाका जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

लायन्स क्लब अफ आरम्भ देउरालीको प्रेसिडेन्ट गिता चापागाईंले  कोरोना महामारीले रगतको चरम अभाव भइरहेको हुनाले रक्तदान कार्यक्रम गरेको बताउदै अझै काठमाडौंका अन्य नगरपालिकाहरुमा पनि रक्तदान कार्यक्रम गर्ने योजना रहेकोजानकारी दिएकी छन

त्यसतै दियालो देउरालीकी  प्रेसिडेन्ट  कल्पना घिमिरेले कार्यक्रमलाई सहयोग गर्ने संघसंस्थाहरु लगायत लायन्स क्लव अफ काठमाडौं आरम्भ देउराली र दियालो देउराली सहित साथ र सहयोग गर्ने सबैलाई धन्यवाद दिदै उक्त रक्तदान कार्यक्रमको सफलताले आफुहरुलाई अझै हौसला मिलेको जानकारी दिएकी छन  ।

उक्त  रक्तदान कार्यक्रममा करिव १०० भन्दा बढि रक्तदाता भए पनि  समयाभावको कारणले गर्दा ६० जनाको मात्र रगत संकलन गरिएको थियो।

(शोभा तामाङ सुशासन र समृद्धिका लागि संचार अभियानकी प्रशिक्षार्थी पत्रकार हुन् )

तपाइँको प्रतिक्रिया ।