टोखा नगरपालिकामा संक्रमित सख्या थप ५२१ पुग्यो

टोखा नगरपालिकामा संक्रमित सख्या थप ५२१ पुग्यो

कपन अनलाइन

काठमाडौं ,असोज १ / नविना श्रेष्ठ

टोखा नगरपालिकामा कोरोना सङ्क्रमित भाद्र ३१ गते २९ जनामा संक्रमण देखिए संगै  कोरोना सङ्क्रमितको शंख्या  बढेर ५२१ जना पुगेको  छन्। टोखा नगरपालिका मा जम्मा संक्रमित पुरुष सख्या ३२१ जना, महिला सख्या २०९ जना रहेका छन्। कोरोना सङ्क्रमित भए का २४८ जना भने निको भएर घर फर्किए छन्।

भने मृत्यु हुनेको संख्या वडा नं ४ मा १जना, वडा नं ६मा १जना, वडा नं ९ मा १ जना गरी ३ जनाले ज्यान गुमाइसकेको छ। सकृय संक्रमित मध्ये होम आइसोलेसन मा १९४ जना रहेको र अस्पतालमा ७४ जना रहेको छ। २ जना सम्पर्क विहिन भएको छ। भाद्र ३१ गते कोरोना सङ्क्रमित महिला सख्या ११ जना रहेको र पुरुष सख्या भने १८ थप भएका छन्। होम असोलेसनमा २३ जना रहेको र अस्पतालमा ५जना रहेको टोखा नगरपालिकाकी  उपप्रमुख ज्ञानमाया डंगोलले जानकारी दिएकी छन्।

टोखा नगरपालिका वडा नं ७ स्थीत तिलिङटार मा.वि स्कुलमा भाद्र ३१ गते ४६ जनाको PCR परीक्षणका लागि स्वाब संकलन गरिएको छ। हिजो CICT Team ले २९ जनाको थप संक्रमित हरुको case Investigation गरेको छ।

टोखा नगरपालिका मा हिजो ३ जना थप संक्रमित सदस्य थपिएका छन्। भने टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रमा २ जना संक्रमित थपेको छ। हाल सम्म को सख्या २६ जना रहेको टोखा नगरपालिकाकी  उपप्रमुख ज्ञानमाया डंगोलले जानकारी दिएकी  छन्।

(नविना श्रेष्ठ सुशासन र समृद्धिका लागि संचार अभियानकी प्रशिक्षार्थी पत्रकार हुन् )

तपाइँको प्रतिक्रिया ।