काठमाडौं उपत्यकाका ३ वटै जिल्लामा एस एम एस अभियानमा नेपाल स्काउट

काठमाडौं उपत्यकाका ३ वटै जिल्लामा एस एम एस अभियानमा नेपाल स्काउट

कपन अनलाइन 

काठमाडौं ,भाद्र ३१/नविना श्रेष्ठ

नेपाल स्काउट, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र हिसानको सहकार्य र  युनिसेफ नेपालको सहयोगमा उपत्यकाका ३ वटै जिल्लामा एस एम एस सचेतना अभियान संचालन गरिएको छ। 

भाद्र २० गते देखि सञ्चालन भइरहेको  अभियानमा नेपाल स्काउट र जनस्वास्थ्य अध्ययनरत बिद्यार्थी समेत गरी १०० जना स्वयमसेवकहरु उपत्यकाका ३ जिल्लालाई १३ क्लस्टर बनाएर परिचालन गरिएको छ।

अभियानमा परिचालन गरिएका स्वयंसेवकहरु हरेक दिन बिहान र बेलुका उपत्यकाका भीडभाड हुने बिभिन्न ठाउँहरू कोटेश्वर, कालीमाटी, नयाँ बसपार्क, बल्खु, चावहिल, रत्नपार्क, मैतिदेवी, महाराजगञ्ज र ललितपुरका पाटन, लगनखेल, ग्वार्को, सातदोबाटो तथा भक्तपुरका सबै नगरपालिकामा विभिन्न स्थानमा कम्तीमा २ मीटर भौतिक दुरी कायाम गर्न  ,अघरबाट बाहिर निस्कँदा अनिवार्य रुपमा मास्क लगाउन अ र मास्क नलगाएकालाई मास्क वितरणका साथै  बिस सेकेण्डसम्म साबुन पानीले मिचिमिचि हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने (एसएमएस) का वारेमा जानकारी गराएका थिए ।
 भाद्र ३१ गते  नेपाल स्काउटका राष्ट्रिय संयोजक   लोक बहादुर भण्डारीले   फिल्डमा खटिएको टोलीले  कोभिड १९ का वारेमा  आम मानिसले बुझ्न  सक्ने सरल भाषामा सन्देश प्रवाह गर्दै सुसुचित गराउनु पर्ने भन्दै समाजमा कोभिड १९ बारे भ्रामक गलत सूचना प्रबाह हुन नदिनेमा ध्यान दिनुपर्ने बताएका छन।

त्यस्तै  अभियानमा सहभागी नेपाल स्काउटका निर्देशक राम प्रसाद भट्टराईले सहि तरिकाबाट मास्क लगाउनु, साबुन पानीले मिचीमिची हात धुनु, एक अर्काबीच कम्तीमा दुई  मीटर दुरी कायम गर्नु पर्छ भन्ने जान्दा जान्दै पनि आम मानिसहरुले यसलाई पालना नगरेको बताउदै सो कुरालाई स्वतस्फुर्त रुपमा
पालना गर्ने  वातावरणको सिर्जना गर्न अभियान फलदायी हुने विस्वास व्यक्त गरेका छन।

१५ दिन सञ्चालन हुने अभियानको बाह्रौँ दिन  आइपुग्दा  करिब ८ लाख भन्दा बढी मानिसहरु लाभान्वित भएको नेपाल स्काउटले जानकारी दिएको छ। 
(नविना श्रेष्ठ सुशासन र समृद्धिका लागि संचार अभियानकी प्रशिक्षार्थी पत्रकार हुन् )
तपाइँको प्रतिक्रिया ।