कागेश्वरी मनोहरा नगरपालिकामा Antigen प्रबिधि वाट कोरोना परिक्षण शुरु आधा घण्टामै रिपोर्ट पाइने

कागेश्वरी मनोहरा नगरपालिकामा Antigen प्रबिधि वाट कोरोना परिक्षण शुरु आधा घण्टामै रिपोर्ट पाइने

कपन अनलाइन

काठमाडौं,भाद्र ३१ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य आपतकालीन तथा बिपद ब्यवस्थापन ईकाई (HEDMU) को मिति २०७७ भाद्र २८ गतेको  परिपत्र अनुसार Antigen प्रबिधि  मार्फत  कागेश्वरी मनोहरा नगरपालिकाले सो परिक्षण शुरु गरेको नगर प्रमुख कृष्णहरि थापाले जानकारी गराए ।

उनले आज   कागेश्वरी मनोहरा नगरपालिक वडा नं. ६ मा संचालनमा रहेको  मुलपानी नगर अस्पतालमा Antigen Test प्रबिधि वाट ५ जनाको स्वाब संकलन गरि परिक्षण गरिएकोमा ४ जनाको नेगेटिभ नतिजा देखिएको र सो परिक्षण बाट १ जनाको पोजेटिभ आएको जानकारी दिदै पोजेटिभ नतिजा आएकोको पुन स्वाब संकलन गरि पि.सी.आर परिक्षणका लागि टेकु पठाइएको जानकारी गराए   ।

उनले  ठुको  संख्यामा वा समुहमा गरिने (Mass Screening) अविलम्व नतिजा आवश्यक पर्ने ब्यक्तीहरूलाइ, लक्षण  तथा चिन्हहरू देखीएका ब्यक्तीहरूलाइ , संस्थागत प्रणालीमा बस्ने समूह तथा ब्यक्तीहरूमा, जस्तै सुरक्षाकर्मीहरू, कैदी बन्दिहरू लाइ Antigen Test गर्नु परेमा मुलपानी नगर अस्पतालको  हर्ट लाईन ०१-४१५३५९३ मा नाम लेखाउन अनुरोध समेत गरेका  छन । Antigen प्रबिधि वाट परिक्षण गर्न रू. २०००/= (दुई हजार) लाग्ने र नगर अस्पताल वाट हप्तामा २ दिन सोमवार र शुक्रवार गरिने पी सी आर परिक्षण निशुल्क रहेको समेत जानकारी गराएका छन्  ।

तपाइँको प्रतिक्रिया ।